६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरका भेडा व्यवसायी भेडापालनबाट वार्षिक रु पाँच लाख कमाउदै

१६ पुष २०७५, सोमबार ०८:५७

पुस १६, भोजपुर (रासस) | भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका लाक्पानेरु शेर्पाले विगत २१ वर्षदेखि भेडा पालेर राम्रो आम्दानी गरिरहनुभएको छ । शेर्पाले अहिले पनि पुख्र्याैली पेशालाई निरन्तरता दिँदै वार्षिक रु चार देखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । 

भेडापालनलाई अँगालेका शेर्पाको भेडीगोठमा यतिबेला १५० बढी भेडा छन् । बिहानदेखि बेलुकासम्म भेडाको स्याहारसुसारमा नै शेर्पाको दिन बित्ने गरेको छ । उमेरले ६३ वर्ष पुगेका शेर्पाले भेडीगोठ हिउँद लागेपछि गाउँमा र वर्षा लागेपछि मैयुङडाँडा सातदोबाटो, साल्पाको आसपासका जङ्गलमा लैजाने गरेका छन् । भेडा, भेडाको घ्यू, तथा ऊन बेचेर राम्रो आम्दानी भइरहेको शेर्पाको भनाइ छ । 

उहाँले भन्नुभयो, “भेडापालन व्यवसायमा पहिला धेरै साथी थिए, अहिले धेरैले छाडिसके तर मैले यही व्यवसायमा लागेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गरिहेको छु ।” पछिल्लो समय सामुदायिक वनको नीतिका कारण भने भेडापालन पेशा लोप हुँदै गएको शेर्पाले बताउनुभयो । 

खुला चरनको अभावले मैयुङ तथा टेम्के क्षेत्रमा विगतमा धेरैको सङ्ख्यामा रहेका भेडीगोठ अहिले १३-१४ वटामा समिति भएको शेर्पाको भनाइ । केही वर्षअघिसम्म खुलारूपमा वन क्षेत्रमा चरन गराउँदै आएकोमा मैयुङडाँडा आसपासमा सामुदायिक वन गठन भएपछि भेडापालनमा समस्या भएको शेर्पाले बताउनुभयो । प्रत्येक सामुदायिक वनले रु पाँच सयदेखि तीन हजारसम्म वार्षिक राजश्व उठाउने गरेको शेर्पाले बताउनुभयो । सामुुदायिक वनले उठाउँदै आएको राजश्वका कारण भेडापालनका लागि समस्या भएको हो । सरकारले नै वन नीति परिवर्तन गरेर सामुदायिक वन क्षेत्र चरनका लागि खुकुलो बनाइ दिनुपर्ने उहाँको माग छ । 

“चरनका लागि निकै समस्या छ, धेरै वटा सामुदायिक वनलाई राजश्व तिनुपर्छ, सरकारले वन नीतिमा केही परिमार्जन गरिदिए सजिलो हुने थियो ।” उहाँले भन्नुभयो । 

बेलाबेलामा भेडामा देखिने नाम्ले, छेराउटे, खोक्ने जस्ता रोगका कारण पनि भेडापालनमा समस्या भएको छ । पशु चिकित्सक नजिक नहुँदा दुई दिनको पैदल बाटो धाएर नगरपालिकाको दिङ्ला तथा भोजपुर सदरमुकाममा औषधि किन्न जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता