२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा

२०७५, १७ पुष मंगलवार १०:५०

 पुस १७, काठमान्डौ (रासस) |  मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि आजदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जनाएको छ । त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ आवश्यकताअनुसार विशेष जिम्मेवारी दिइएको छ । 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठ शाखामा नमूनाका रुपमा शुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो । ग्राहकलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा शुरु गरेको उहाँले बताउनुभयो । 

‘मेगा कस्टमर केयर अफिसर’ले ग्राहकलाई स्वागत गर्नुका साथै उहाँहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसले ग्राहकलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध