२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बनियानी खोलाको पुल सञ्चालन

२३ पुष २०७५, सोमबार ०५:०४

पुस २३, दमक (रासस) | झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो । 

नगर प्रमुख शेर्माले बर्षौंदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताउनुभयो । खोलामा पल नहँुदा त्यस क्षेत्रका बासिन्दाले वर्षायामभरि आवगमनमा कठिनाइ भोग्दै आउनुपरेको थियो । 

३२ फुट लम्बाइ २४ फुट चौडाइ रहेको पुल रु ४५ को लाख लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । 

वडा कार्यालयलाई रु ३० लाखको जग्गादान 

झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ । 

कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले संयुक्तरुपमा करीब रु ३० लाख मूल्य पर्ने पाँच कट्ठा जमीन दान दिनुभएको वडा कार्यालयले जनाएको छ । 

दाताले आइतबार मालपोत कार्यालय दमकमार्फत वडा कार्यालयलाई जग्गा रजिष्टेशन पास गरिदिनुभएको वडाध्यक्ष पृथीपति राईले बताउनुभयो । दाता परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालय नजिकै दान दिनुभएको जग्गामा यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो । 

विद्यार्थीलाई स्कूल जुत्ता 

लायन्स क्लब अफ लखनपुरले कमल गाउँपालिका–७ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई स्कूल जुत्ता सहयोग गरेका छन् । आइतबार विद्यालयमा एक कार्यक्रम गरी त्यहाँ अध्ययनरत ५१ विद्यार्थीलाई मोजासहित जुत्ता प्रदान गरिएको क्लबका प्रथम उपाध्यक्ष ज्ञाननाथ पौडेलले बताउनुभयो । 

लायन्सले आफ्नो सामाजिक कार्यक्रमअन्तर्गत उक्त सहयोग वितरण गरिएको क्लबका पूर्वअध्यक्ष धर्मानन्द भट्टराईले बताउनुभयो । तीन वर्षअघि स्थापित लायन्सले विभिन्न मानवीय सेवामा सहयोग पुर्याउँदै आएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा