२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एकसय झोलुङ्गे पुल निर्माण गरिने

२०७५, २६ पुष बिहीबार ०५:५६

पुस २६, काठमाडौँ | यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो । 

अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो । यो वर्ष निर्माण गरिने पुलमध्ये झण्डै ९० पुल पहाडमा नै छन् भने बाँकी तराईमा छन् । तत्काल मोटरबाटो नपुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । उहाँले भन्नुभयो, “ झोलुङ्गे पुलका लागि अहिले मोटरबाटो नभएको र अबका केही वर्षसम्म पनि मोटरबाटो नपुग्ने ठाउँलाई छनोट गरिएको छ ।” 

सडक, पुललगायतका विकास निर्माणका काममा ठेकेदारका कारणले पनि ढिलाइ हुने गरेको छ । ठेक्का सम्झौता अवधि सकिँदासमेत निर्माण सम्पन्न नगर्ने कम्पनीलाई जरिवानाको प्रक्रियासमेत थालिएको छ । अहिले निर्माणाधीन कतिपय पुलले पहिलेका तुइन विस्थापित गर्ने छन् । 

झोलुङ्गे पुल निर्माण गर्ने स्थानमा सार्वजनिक जग्गा हुँदा विवाद नभए पनि निजी जग्गा भएका ठाउँमा पुल निर्माणमा अवरोध आउने गर्छ । उहाँले भन्नुभयो, “जग्गा विवाद भएका ठाउँमा बाहेक अरु ठाउँमा सक्ने लक्ष्य छ ।” डिभिजनले १२० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्छ भने त्यो भन्दा कम लम्बाइको पुल स्थानीय तहले निर्माण गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ