२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नख्खु कारागारका दुई ब्लकको पुनःनिर्माण अन्तिम चरणमा

२०७५, २७ पुष शुक्रबार ०१:४८

पुस २७, काठमाडौँ | नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । 

आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताउनुभयो । 

भूकम्पका समयमा यहाँका ब्लक पूर्ण क्षतिग्रस्त भएपछि दुई वर्ष अघिदेखि यहाँ पुनःनिर्माण शुरु भएको थियो । कम्युनिटी रिहविलिटेशन सेन्टर (सिआरसी) र ड्रग्स रिहविलिटेशन सेन्टर (डिआरसी) को पुनःनिर्माण भइरहेको हो । सम्झौताको अवधिभित्रै काम सक्ने गरी काम भइरहेको छ । 

राणाकालमा बनेको कारागारका ब्लक त्यतिबेला पूर्ण क्षतिग्रस्त बनेको जेलर दुलालले बताउनुभयो । यी दुई ब्लकमा रहेका कैदीबन्दीलाई भूकम्पपछि अस्थायी ब्लक बनाएर राखिएको थियो । ती अस्थायी संरचना पनि प्रयोग गरिरहन मिल्ने र नयाँ बन्ने ब्लकमा पनि कैदीबन्दी राख्दा यहाँ कैदीबन्दी राख्ने क्षमता अझै बढ्ने उहाँले बताउनुभयो । दुई वर्ष पहिलेसम्म ५०० को हाराहारीमा कैदीबन्दी रहेकामा अहिले यहाँ एक हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । 

कारागारमा एक वर्ष पहिले एउटा ब्लकको निर्माण सकिएर सञ्चालनमा आएको थियो । कारागारभित्रै मनोसामाजिक अस्पतालको निर्माण सकिएको छ र छिट्टै सञ्चालनको तयारी भइरहेको छ । 

लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तार २० प्रतिशत 

जिल्लाको सबैभन्दा व्यस्त सडकमा पर्ने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि यस सडकको काम रोकिएको थियो । अदालतले तत्काल काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले बताएको छ । अदालतको अर्काे आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनीयर विश्व विजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरका अरु चार ठाउँका सडक जस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको छैन ।” 

यो सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका छन् । पटकपटक अनुरोध गर्दासमेत विद्युतीय संरचना नहट्दा बाधा पुगेको छ । स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिएको आयोजनाले बताएको छ । 

यो सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो । विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । थपिएको अवधिमा काम अघि बढेको छैन । उहाँले भन्नुभयो, “ठेकेदारले ढिलाइ गरेरभन्दा पनि अदालतको निर्णयले काम अघि बढ्न नसकेको हो ।” ललितपुरमा पाँच वटा सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध