२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विजय शान्ति सहकारीको १०औँ साधारणसभा सम्पन्न

२०७५, २७ पुष शुक्रबार ०९:१९

पुस २७, काठमाडौँ । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लि ले आर्थिक वर्षं २०७४-७५ मा ७ करोड ४२ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

आज यहाँ सम्पन्न सो संस्थाको दशौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जयन्द्रमान सिंह बनियाले संस्थाको आब २०७४-७५ मा कुल सदस्य बचत रु ८ करोड ३० लाख ३८ हजार रहेको जानकारी दिनुभयो । 

अध्यक्ष बनियाले यस आर्थिक वर्ष एउटा कर्जामा मुद्दा परेको र अर्का कर्जा समयमा नवीकरण नभएका कारण कर्जा वर्गीकरण तथा जोखिम कोष हिसाबमा ३९ लाख रुपैयाँ व्यवस्था गर्नुपरेको जानकारी दिँदै दुबै कर्जाको धन जमानी भएको हुँदा अर्को वर्षभित्र अशुल उपर हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिन सामूहिक लगानीलाई प्रोत्साहन गर्ने, संस्थाको विकासका लागि कार्यरत शुभचिन्तकहरुलाई सदस्यता प्रदान गर्ने र स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति संस्थाले अख्तियार गरेको छ । 

संस्थाले आर्थिक वर्ष २०७५-७६ भित्र शेयर पूँजी एक करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । संस्थाका कोषाध्यक्ष पूर्णरत्न बज्राचार्यले यही आवमा संस्थाको कुल अनुमानित आय एक करोड ५७ लाख रुपैयाँ हुने प्रक्षेपण गर्नुभयो । साधारण सभामा मदन बहादुर तुलाधर र रत्ना शाक्यलाई शेयरधनीको रुपमा प्रवेश गराइएको घोषणा गरिएको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ