६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्टकमा चार कम्पनीका शेयर सूचीकृत

२८ पुष २०७५, शनिबार १०:४५

पुस २८, काठमाडौँ, | धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ । 

यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए । स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको सात लाख ६६ हजार ५३१ कित्ता शेयर सूचीकृत भएका छन् । 

धितोपत्र बजारमा यस साता १० दशमलव शून्य पाँच बिन्दुले कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । साताको पहिलो दिन एक हजार १७० दशमलव ७९ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन बढेर एक हजार १८० दशमलव ८४ बिन्दुमा पुगेको छ । 

यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक, तेस्रोमा नबील बैंक रहेको छ । यस्तै स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक क्रमशः रहेका छन् । 

शेयर सङ्ख्या कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक हजार १२९ कित्ता शेयर कारोवार भए । त्यस्तै छिमेक लघुवित्त वित्तीय संस्थाको ५२३, एनआइबिएल समृद्धि फण्ड एकको ४१८ एकाइ, नेपाल क्रेडिट एण्ड कर्मस बैंक ३७०, प्रभु बैंक २९२, नेशनल हाइड्रोपावर १९१, बैंक अफ काठमाडौँ १५१, एनआइसी एशिया १२५, कुमारी बैंक ११६ र एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको ११६ एकाइ खरीद बिक्री भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का