२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्टकमा चार कम्पनीका शेयर सूचीकृत

२०७५, २८ पुष शनिबार १०:४५

पुस २८, काठमाडौँ, | धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ । 

यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए । स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको सात लाख ६६ हजार ५३१ कित्ता शेयर सूचीकृत भएका छन् । 

धितोपत्र बजारमा यस साता १० दशमलव शून्य पाँच बिन्दुले कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । साताको पहिलो दिन एक हजार १७० दशमलव ७९ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन बढेर एक हजार १८० दशमलव ८४ बिन्दुमा पुगेको छ । 

यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक, तेस्रोमा नबील बैंक रहेको छ । यस्तै स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक क्रमशः रहेका छन् । 

शेयर सङ्ख्या कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक हजार १२९ कित्ता शेयर कारोवार भए । त्यस्तै छिमेक लघुवित्त वित्तीय संस्थाको ५२३, एनआइबिएल समृद्धि फण्ड एकको ४१८ एकाइ, नेपाल क्रेडिट एण्ड कर्मस बैंक ३७०, प्रभु बैंक २९२, नेशनल हाइड्रोपावर १९१, बैंक अफ काठमाडौँ १५१, एनआइसी एशिया १२५, कुमारी बैंक ११६ र एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको ११६ एकाइ खरीद बिक्री भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ