२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्यातभन्दा आयातको अवस्था डरलाग्दो: ५ महीनामा ६ खर्बको व्यापार घाटा

२०७५, ४ माघ शुक्रबार ०८:३९

माघ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । 

गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो । 

आव २०७४।७५ को मङ्सिरसम्ममा १८.२ प्रतिशत रहेको आयात वृद्धिदर यसै वर्षको पाँच महीनामा १६ प्रतिशतले वृद्धि भई ३४.२ प्रतिशत रहेको छ । नेपालीको उत्पादनभन्दा उपभोग गर्ने संस्कृतिमा वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हँुदै गएको हो । 

अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो सङ्केत होइन । 

वस्तुगत आधारमा चालू आवको पाँच महीनामा रु छ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा, एम.एस.बिलेट, अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल, तथा चामललगायत अन्य खाद्यान्नको आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ । 

चालु आवको पाँच महीनामा रु ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो । यस हिसाबले चालू आवको पाँच महीनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ