२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

२०७५, ४ माघ शुक्रबार ०९:५०

माघ ४, काठमाण्डौ | वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म रु एक अर्ब ४२ करोड नाफा गरेको छ । 

बैंकको गत वर्षको सोही अवधिमा रु एक अर्ब २२ करोड नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकले रु एक खर्ब २४ अर्ब निक्षेप सङकलन गरी रु एक खर्ब पाँच अर्ब बराबरको ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ । 

यस्तै माछापुच्छ्रे बैंकले आज प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ । गत पुस मसान्तसम्म रु ७८ करोड १३ लाख बराबरको नाफा गरेको गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा रु ४८ करोड ५७ लाख नाफा गरेको थियो । बैंकले रु ८५ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी रु ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ । 

यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको छ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा रु एक अर्ब ५१ करोड नाफा गरेको छ । 

गत वर्षको सोही अवधिमा बैंकले रु ५७ करोड मात्रै नाफा गरेको थियो । बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । बैंकले गत पुस मसान्तसम्म रु एक खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब ४९ अर्ब ऋण लगानी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ