६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

४ माघ २०७५, शुक्रबार १०:०६

माघ ४, काठमाण्डौ | सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज अनुदान दिएको छ । 

राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट रु ७५ करोड ८२ लाख बराबरको व्याज अनुदान प्रदान गरिएको छ । 

यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ । 

गत मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले रु १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मङ्सिर मसान्तसम्ममा रु दुई अर्ब ४२ करोड रहेको छ । त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प