६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने

४ माघ २०७५, शुक्रबार ११:०३

माघ ४, काठमाण्डौ | लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता शेयर लाभांश र रु तीन करोड ६७ लाख ८१ हजार १४२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गरेको उक्त प्रस्ताव यही माघ २८ गते आयोजना गरिएको वार्षिक साधारणसभाले पारित गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ । 

बैंकले साधारणसभामा धितोपत्र दलाल व्यवसायीको काम गर्ने गरी सहायक कम्पनी खोल्ने प्रस्तावसमेत राखेको छ । पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई धितोपत्र दलाल व्यवसाय गर्नका लागि सहायक कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । यस्तै लक्ष्मी बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा यसअघि नै भएको प्रक्रियालाई समेत निरन्तरता दिने प्रस्तावसमेत रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का