२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजार: एक अर्ब ८५ करोडको कारोवार

२०७५, ५ माघ शनिबार १०:०२

माघ ५, काठमाडौँ | धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको हो । 

साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा कायम रह्यो । उक्त दिन कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । 

यस्तै गत सोमबार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ बिन्दुले बढेर एक हजार १८६ दशमलव ८० बिन्दुमा पुग्यो । उक्त दिन कुल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरीद बिक्री भएका छन् । 

यस्तै साताको तेस्रो दिन शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भयो । कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ बिन्दुले बढेर एक हजार १९५ दशमलव ५४ बिन्दुमा पुग्दा कुल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए । 

यस्तै बुधबार नेप्से परिसूचक सात दशमलव ५७ बिन्दुले घटेर एक हजार १८७ दशमलव ९७ बिन्दुमा झ¥यो । कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड छ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भए । 

यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव दुई बिन्दुले घटेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा सीमित भयो । कुल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर रु २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ