२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार : दोहोरो अङ्कले घट्यो

२०७५, ७ माघ सोमबार १०:२३

माघ ७, काठमाण्डौ | धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ । 
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन् । 
आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ । 
घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन् । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् । 
त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ । सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ