२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा लागू नगर्ने छुट कसैलाई छैन : श्रममन्त्री विष्ट

२०७५, १४ माघ सोमबार ११:०८

माघ १४,  काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका २७२ उद्योग तथा प्रतिष्ठानलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ। कोषमा आवद्ध हुन आवेदन दिएका ६२५ मध्ये प्रक्रिया पुगेका २७२ उद्योग तथा प्रतिष्ठानलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रमाणपत्र वितरण गरेका हुन् ।


प्रमाणपत्र वितरण गर्दै मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम कार्यन्वयनका लागि छिट्टै खुल्ला प्रतिष्पर्धाबाट जनशक्ति भर्ना गरिने बताएका छन्। सामाजिक सुरक्षा कार्यक्रमका लागि दक्ष जनशक्ति अपुग भएकोले बजारीकरण गर्न थप जनशक्ती भर्ना गर्न लागिएको मन्त्री विष्टले बताए ।


कार्यक्रममा बोल्दै मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने छुट कसैलाई नभएको बताए। उनले  सरकार, रोजगारदाता र श्रमिक त्रिपक्षीय सहमतिमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएकोले अनिवार्य रुपमा कोषमा आवद्ध हुनमा सबैलाई आग्रह समेत गरे।


सरकारले ल्याएको योजनामा पुराना तथा नयाँ उद्यमीले पथ प्रदशकको भूमिका खेलेकोमा प्रमाणपत्र पाउनुहुने तपाइहरुलाई म धन्यवाद दिन चाहन्छु मन्त्री विष्टले भने “कोषमा आवद्ध हुन अनिवार्य छ तर बाटो कसले देखाउने फरक हो, आज तपाइहरुले अरुको लागि बाटो देखाईदिनु भएको छ।''


सरकारले छिट्टै विभिन्न क्षेत्रका उधमी तथा श्रमिक नेताहरुलाई छुट्टा छुट्टै बोलाएर सामाजिक सुरक्षा कार्यक्रम लागू गराउन द्रुत गतिमा छलफललाई निरन्तरता दिने मन्त्री विष्टले बताए। उद्योगी व्यवसायीका कुनै गुनासा समस्या तथा कठिनाई भए सुन्न मन्त्रलाय तयार रहेको उनले बताए।


सरकारले गत मंसिर ११ गते उत्सवको रूपमा सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरेको थियो । सो सामाजिक सुरक्षा योजनामा आवद्ध हुनका समयसीमा तोकेर सबै उद्योग प्रतिष्ठान तथा स्वरोजगार भएका सबैलाई आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ