६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा लागू नगर्ने छुट कसैलाई छैन : श्रममन्त्री विष्ट

१४ माघ २०७५, सोमबार ११:०८

माघ १४,  काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका २७२ उद्योग तथा प्रतिष्ठानलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ। कोषमा आवद्ध हुन आवेदन दिएका ६२५ मध्ये प्रक्रिया पुगेका २७२ उद्योग तथा प्रतिष्ठानलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रमाणपत्र वितरण गरेका हुन् ।


प्रमाणपत्र वितरण गर्दै मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम कार्यन्वयनका लागि छिट्टै खुल्ला प्रतिष्पर्धाबाट जनशक्ति भर्ना गरिने बताएका छन्। सामाजिक सुरक्षा कार्यक्रमका लागि दक्ष जनशक्ति अपुग भएकोले बजारीकरण गर्न थप जनशक्ती भर्ना गर्न लागिएको मन्त्री विष्टले बताए ।


कार्यक्रममा बोल्दै मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने छुट कसैलाई नभएको बताए। उनले  सरकार, रोजगारदाता र श्रमिक त्रिपक्षीय सहमतिमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएकोले अनिवार्य रुपमा कोषमा आवद्ध हुनमा सबैलाई आग्रह समेत गरे।


सरकारले ल्याएको योजनामा पुराना तथा नयाँ उद्यमीले पथ प्रदशकको भूमिका खेलेकोमा प्रमाणपत्र पाउनुहुने तपाइहरुलाई म धन्यवाद दिन चाहन्छु मन्त्री विष्टले भने “कोषमा आवद्ध हुन अनिवार्य छ तर बाटो कसले देखाउने फरक हो, आज तपाइहरुले अरुको लागि बाटो देखाईदिनु भएको छ।''


सरकारले छिट्टै विभिन्न क्षेत्रका उधमी तथा श्रमिक नेताहरुलाई छुट्टा छुट्टै बोलाएर सामाजिक सुरक्षा कार्यक्रम लागू गराउन द्रुत गतिमा छलफललाई निरन्तरता दिने मन्त्री विष्टले बताए। उद्योगी व्यवसायीका कुनै गुनासा समस्या तथा कठिनाई भए सुन्न मन्त्रलाय तयार रहेको उनले बताए।


सरकारले गत मंसिर ११ गते उत्सवको रूपमा सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरेको थियो । सो सामाजिक सुरक्षा योजनामा आवद्ध हुनका समयसीमा तोकेर सबै उद्योग प्रतिष्ठान तथा स्वरोजगार भएका सबैलाई आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प