२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

२०७५, १५ माघ मंगलवार ०६:५६

रमेश गिरी । माघ १५, भक्तपुर । भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । 

भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । 

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको तुलनामा तेस्रो किस्ता रकम लैजाने भूकम्पपीडितको सङ्ख्या अत्यन्त कम रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरले जनाएको छ । 

लाभग्राहीको सूचीमा रहेका जिल्लाका कूल २८ हजार ३०८ मध्ये अनुदान लैजान २४ हजार २८३ भूकम्पपीडितले सम्झौता गरेका थिए । तर पहिलो किस्तावापत रु ५० हजार लैजानेको तुलनामा दोस्रो र तेस्रो किस्ताको रकम लैजानेको सङ्ख्या निकै न्यून रहेको प्राधिकरण भक्तपुर जिल्लाका प्रमुख ध्रुव गैडाले जानकारी दिनुभयो । 

सम्झौता गरेकामध्ये दोस्रो किस्ता लैजानेमा सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता लैजानेमा छ हजार ६८७ मात्रै रहेको उहाँको भनाइ छ । पहिलो किस्ताको सम्झौता गरेर रकम लैजानेमध्ये २१ हजार ६२१ भूकम्पपीडितले अझै तेस्रो किस्ताको रकम लिन आएका छैनन् । यसको अर्थ भूकम्पपीडितले अझै निजी आवास निर्माण गर्न नसक्दा थप रकम लिन नआएको प्राधिकरणको भनाइ छ । 

प्राधिकरण भक्तपुरका प्रमुख गैडाका अनुसार कतिपय भूकम्पपीडितले आर्थिक अभावका कारण घर निर्माण गर्न नसक्दा दोस्रो र तेस्रो किस्ता लिन नआएका, कतिपयले नगरपालिकाको नक्सा पासमा सहज नहुँदा त्यही अलमलिएर बसेकाले नआएको, कतिपयले नक्सा पास नै नगरी घर निर्माण गरेका, कतिपयले आफ्नो स्वामित्वमा जग्गा नहुँदा र कतिपयले बहुस्वामित्वमा रहेकाले अनुदान लिन नआएको पाइएको बताउनुभयो । 

बहुस्वामित्व, गुठीजस्ता समस्याको भने प्राधिकरणले समाधन गर्दै अनुदान दिने नीति बनाएर पनि कतिपयले यसबारे जानकारी नै नपाउँदासमेत भूकम्पपीडित अलमलिएको गुनासो बढेको छ । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा कूल सात हजार ६२२, चाँगुनारायण नगरपालिकामा १० हजार ९३७, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही गरी कूल २८ हजार ३०८ लाभग्राही सूचीकृत भएका छन् । 

पहिलो किस्ता लैजानेमध्ये भक्तपुर नगरपालिकामा पाँच हजार ५९६, चाँगुनारायण नगरपालिकामा नौ हजार ६८०, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही रहेको प्राधिकरणका इञ्जिनीयर भोजराज भट्टले जानकारी दिनुभयो । 

दोस्रो किस्ता सम्झौता गरी रकम लैजानेमध्ये भक्तपुर नगरपालिकामा एक हजार ५२८, चाँगुनारायण नगरपालिकामा दुई हजार ७५८, मध्यपुरथिमि नगरपालिकामा ६०४ र सूर्यविनायक नगरपालिकामा दुई हजार २५२ लाभग्राही गरी कूल सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता सम्झौता गरेर अनुदान लैजाने भूकम्पपीडितमध्ये भक्तपुर नगरपालिकामा एक हजार ३५४, चाँगुनारायण नगरपालिकामा दुई हजार ६२४, मध्यपुरथिमि नगरपालिकामा ५६७ र सूर्यविनायक नगरपालिकामा दुई हजार १४१ गरी कूल छ हजार ६८७ रहेका छन् । 

त्यस्तै प्रवलीकरणतर्फ थप सर्वे तथा पुनः जाँचबाट थपिएका ४१४ गरी प्रवलीकरण वर्गमा परेका थप लाभग्राही ६९४ रहेकोमा अनुदान रकमको प्रथम किस्ता प्राप्त गर्ने २७७ लाभग्राही मात्रै रहेको इञ्जिनीयर भट्टले जानकारी दिनुभयो । समयमै निजी आवास निर्माण गर्न भूकम्पपीडितलाई पटकपटक आग्रह गरिएको र गाउँगाउँमा गएर यसबारे जानकारी गराएको पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ