माघ १७, काठमाडौं– सुनको मूल्य दुई दिनदेखि स्थिर छ । बिहिबार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारपनि यहि मूल्यमा रहेर भएको थियो । तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।