२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मापदण्ड पुरा नगरेका मोटरबाटो सुधार गर्न निर्देशन

२०७५, १९ माघ शनिबार १३:११

माघ १९, सल्यान । कपुरकोट गाउँपालिकाको ६ नम्बर वडामा निर्माण गरिएका मोटर बाटो मापदण्ड अनुसार नभएको पाइएको छ । गाउँपालिका स्तरिय अनुगमन टोलिले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको मापदण्ड अनुसार चौडाइ नपुगेको पाइएको इन्जीनियर भुपेन्द्र यरीले जानकारि दिएका छन् । 


अनुगमन समितीका संयोजक तिला बुढा मगरको संयोजकत्वमा रहेको अनुगमन समितीले कपुरकोट ६ मा निर्माण गरिएका जलवाङ घोयलडााडा सिस्ने खोला मोटरबाटो निर्माण योजना, काफलबोट डााडागाउँ मोटरबाटो मर्मत योजना, भिंगारे धाराबोट सातामुल मोटरबाटो निर्माण योजना र रीम छायाानाथ मोटरबाटो मर्मत योजनाको अनुगमन गरेको थियो । 

यी मोटरबाटोको नापजाँच गर्दा कतीपय स्थानमा गाउापालिकाको मापदण्ड अनुसार ४ मिटर चौडाइ हुनुपर्ने भएपनि त्यो भन्दा कम भएकाले त्यस्तो ठाउँमा सुधार गर्न सुझाव दिइएको संयोजक तिला बुढा मगरले जानकारि गराइन् । उपभोक्ता समितीका पदाधिकारि तथा मोटरबाटोको उपभोग गर्ने उपभोक्ताहरुलाइ दिर्घकालसम्म फाइदा पुग्ने गरि मोटरबाटो निर्माण गर्नुपर्ने र निर्माण गरिएको बाटोको रेखदेख, मर्मत सम्भारमा स्थानीयले नै सक्रियता देखाउनुपर्ने बुढा मगरले सुझाव दिएकि थिइन् । 

साथै अनुगमनको क्रममा कतीपय मोटरबाटोको मोड साँघेरो देखिएकाले सुधार गर्न निर्देशन दिइएको गाउँपालिकाका प्राविधिक प्रविण शाहले जानकारि गराएका छन् । सो अवसरमा जलवाङ घोयलडााडा सिस्ने खोला मोटरबाटो निर्माण उपभोक्रा समितीक अध्यक्ष कृष्ण पुन, काफलबोट डााडागाउँ मोटरबाटो मर्मत योजनाका अध्यक्ष कमानसिंह बस्नेत, भिंगारे धाराबोट सातामुल मोटरबाटो निर्माण योजनाका अध्यक्ष सिताराम बोहोराले गाउँपालिकाले बेलैमा अनुगमन गरी सुझाव दिएकोमा धन्यवाद दिदै इन्जीनियर तथा प्राविधिकहरुले कमजोरि औल्याएको ठाउँमा सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । 

सुधार भएपछि फेरि नापजाँप गरि मुलयांकन गरिने प्राविधिकहरुले जनाएका छन् । अनुगमनमा वडा नम्बर ६ का वडाध्यक्ष हेरम बहादुर बुढाथोकी, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, प्राविधिक लिलामणी देवकोटा, वडा नम्बर ६ का वडा सदस्यहरु झाँक बहादुर महतारा, रुपलाल बुढाथोकी लगाएत सहभागी थिए । 

मापदण्ड अनुसार काम नभएको, गुणस्तरिय तथा पारदर्शी काम नभएमा कुनै पनि योजनाको रकम भुक्तानि दिन नसकिने गाउँपालिकाले जनाएको छ । हरेक योजनालाइ प्रभावकारि बनाउनका लागी गाउापालिकास्तरिय अनुगमन समितीले विभिन्न वडाका योजनाहरुको अनुगमनलाइ तिब्रता दिएको छ । अनुगमन रिपोर्ट समितीले गाउापालिका अध्यक्षसमक्ष प्रस्तुत गर्नेगर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ