६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मापदण्ड पुरा नगरेका मोटरबाटो सुधार गर्न निर्देशन

१९ माघ २०७५, शनिबार १३:११

माघ १९, सल्यान । कपुरकोट गाउँपालिकाको ६ नम्बर वडामा निर्माण गरिएका मोटर बाटो मापदण्ड अनुसार नभएको पाइएको छ । गाउँपालिका स्तरिय अनुगमन टोलिले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको मापदण्ड अनुसार चौडाइ नपुगेको पाइएको इन्जीनियर भुपेन्द्र यरीले जानकारि दिएका छन् । 


अनुगमन समितीका संयोजक तिला बुढा मगरको संयोजकत्वमा रहेको अनुगमन समितीले कपुरकोट ६ मा निर्माण गरिएका जलवाङ घोयलडााडा सिस्ने खोला मोटरबाटो निर्माण योजना, काफलबोट डााडागाउँ मोटरबाटो मर्मत योजना, भिंगारे धाराबोट सातामुल मोटरबाटो निर्माण योजना र रीम छायाानाथ मोटरबाटो मर्मत योजनाको अनुगमन गरेको थियो । 

यी मोटरबाटोको नापजाँच गर्दा कतीपय स्थानमा गाउापालिकाको मापदण्ड अनुसार ४ मिटर चौडाइ हुनुपर्ने भएपनि त्यो भन्दा कम भएकाले त्यस्तो ठाउँमा सुधार गर्न सुझाव दिइएको संयोजक तिला बुढा मगरले जानकारि गराइन् । उपभोक्ता समितीका पदाधिकारि तथा मोटरबाटोको उपभोग गर्ने उपभोक्ताहरुलाइ दिर्घकालसम्म फाइदा पुग्ने गरि मोटरबाटो निर्माण गर्नुपर्ने र निर्माण गरिएको बाटोको रेखदेख, मर्मत सम्भारमा स्थानीयले नै सक्रियता देखाउनुपर्ने बुढा मगरले सुझाव दिएकि थिइन् । 

साथै अनुगमनको क्रममा कतीपय मोटरबाटोको मोड साँघेरो देखिएकाले सुधार गर्न निर्देशन दिइएको गाउँपालिकाका प्राविधिक प्रविण शाहले जानकारि गराएका छन् । सो अवसरमा जलवाङ घोयलडााडा सिस्ने खोला मोटरबाटो निर्माण उपभोक्रा समितीक अध्यक्ष कृष्ण पुन, काफलबोट डााडागाउँ मोटरबाटो मर्मत योजनाका अध्यक्ष कमानसिंह बस्नेत, भिंगारे धाराबोट सातामुल मोटरबाटो निर्माण योजनाका अध्यक्ष सिताराम बोहोराले गाउँपालिकाले बेलैमा अनुगमन गरी सुझाव दिएकोमा धन्यवाद दिदै इन्जीनियर तथा प्राविधिकहरुले कमजोरि औल्याएको ठाउँमा सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । 

सुधार भएपछि फेरि नापजाँप गरि मुलयांकन गरिने प्राविधिकहरुले जनाएका छन् । अनुगमनमा वडा नम्बर ६ का वडाध्यक्ष हेरम बहादुर बुढाथोकी, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, प्राविधिक लिलामणी देवकोटा, वडा नम्बर ६ का वडा सदस्यहरु झाँक बहादुर महतारा, रुपलाल बुढाथोकी लगाएत सहभागी थिए । 

मापदण्ड अनुसार काम नभएको, गुणस्तरिय तथा पारदर्शी काम नभएमा कुनै पनि योजनाको रकम भुक्तानि दिन नसकिने गाउँपालिकाले जनाएको छ । हरेक योजनालाइ प्रभावकारि बनाउनका लागी गाउापालिकास्तरिय अनुगमन समितीले विभिन्न वडाका योजनाहरुको अनुगमनलाइ तिब्रता दिएको छ । अनुगमन रिपोर्ट समितीले गाउापालिका अध्यक्षसमक्ष प्रस्तुत गर्नेगर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प