२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिङ्गटी सडक बलियो बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि

२०७५, २२ माघ मंगलवार १२:५२

माघ २२, जिरी (रासस) | दोलखा उत्तर जोड्ने प्रमुख सडक सिङ्गटी सडकका मोड र अफ्ठेरा भू–भाग बलियो तथा टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ । 

यसअघि डिबिएसटी प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीनादिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी पिच (डबल विटुमिन सरफेस ट्रिटमेन्ट) सामान्यतया एक हजार ५०० मिटर उचाइसम्मको हावापानीमा मात्र उपयुक्त मानिन्छ । 

सरफेसको तापक्रम १८ डिग्री सेल्सियस भएपछि फस्ट लेयरमा २५ एमएमसम्मको चिप्स र सेकेण्ड लेयरमा घटीमा आठ एमएमको चिप्स विटुमिनमाथि बिछ्याएर कम्प्याक्सन गरेपछि डिबिएसटी पिच पूरा भएको मानिन्छ । करीब एक हजार ९०० मिटरभन्दा माथिको उचाइमा रहेको दोलखा–सिङ्गटी सडकखण्डमा सस्तो मूल्यको डिबिएसटी प्रविधिको पिच गर्दा गोलाइ तथा ओसिलो भागमा पिच नअडिएपछि करीब आठ किलोमिटर मोड तथा ओसिलो सडकखण्डमा उक्त प्रविधि अपनाइने छ । 

शुरु गरिने भनिएको ‘पेनिट्रेसन मेकाडम’ प्रविधि नेपालको जुनसुकै भूभागमा उपयुक्त मानिने प्रविधि हो । सो प्रविधिको लागत डिबिएसटीको भन्दा दोब्बर हुने गरेको सडक डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले बताउनुभयो । 

माथिल्लो तामाकोशीलगायत एक दर्जनभन्दा बढी निर्माणाधीन जलविद्युत् आयोजनाका मालवाहक गाडी गुड्ने सडकमा सवारी चाप थेग्ने खालको कालोपत्र नगरेको भन्दै सो सडकको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि सडक विभागले उक्त विधि अपनाउन लागेको हो । पैतिस किलोमिटर दूरीको सो सडकखण्डमध्ये हालसम्म २० किलोमिटरभन्दा बढी कालोपत्र भइसकेको छ । 

भूकम्पपछि एशियाली विकास बैंकको लगानीमा सडक विभागले ठेकेदारमार्फत कालोपत्र गराइरहेको छ । रु ६८ करोड ६२ लाख ७० हजार ८१० को लागतमा स्वछन्द निर्माण सेवा र चाइनिज कम्पनी सिआर फाइफले सेप्टेम्बर २०१६ देखि संयुक्त रुपमा सो सडक निर्माण गरिराखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक