६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिङ्गटी सडक बलियो बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि

२२ माघ २०७५, मंगलवार १२:५२

माघ २२, जिरी (रासस) | दोलखा उत्तर जोड्ने प्रमुख सडक सिङ्गटी सडकका मोड र अफ्ठेरा भू–भाग बलियो तथा टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ । 

यसअघि डिबिएसटी प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीनादिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी पिच (डबल विटुमिन सरफेस ट्रिटमेन्ट) सामान्यतया एक हजार ५०० मिटर उचाइसम्मको हावापानीमा मात्र उपयुक्त मानिन्छ । 

सरफेसको तापक्रम १८ डिग्री सेल्सियस भएपछि फस्ट लेयरमा २५ एमएमसम्मको चिप्स र सेकेण्ड लेयरमा घटीमा आठ एमएमको चिप्स विटुमिनमाथि बिछ्याएर कम्प्याक्सन गरेपछि डिबिएसटी पिच पूरा भएको मानिन्छ । करीब एक हजार ९०० मिटरभन्दा माथिको उचाइमा रहेको दोलखा–सिङ्गटी सडकखण्डमा सस्तो मूल्यको डिबिएसटी प्रविधिको पिच गर्दा गोलाइ तथा ओसिलो भागमा पिच नअडिएपछि करीब आठ किलोमिटर मोड तथा ओसिलो सडकखण्डमा उक्त प्रविधि अपनाइने छ । 

शुरु गरिने भनिएको ‘पेनिट्रेसन मेकाडम’ प्रविधि नेपालको जुनसुकै भूभागमा उपयुक्त मानिने प्रविधि हो । सो प्रविधिको लागत डिबिएसटीको भन्दा दोब्बर हुने गरेको सडक डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले बताउनुभयो । 

माथिल्लो तामाकोशीलगायत एक दर्जनभन्दा बढी निर्माणाधीन जलविद्युत् आयोजनाका मालवाहक गाडी गुड्ने सडकमा सवारी चाप थेग्ने खालको कालोपत्र नगरेको भन्दै सो सडकको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि सडक विभागले उक्त विधि अपनाउन लागेको हो । पैतिस किलोमिटर दूरीको सो सडकखण्डमध्ये हालसम्म २० किलोमिटरभन्दा बढी कालोपत्र भइसकेको छ । 

भूकम्पपछि एशियाली विकास बैंकको लगानीमा सडक विभागले ठेकेदारमार्फत कालोपत्र गराइरहेको छ । रु ६८ करोड ६२ लाख ७० हजार ८१० को लागतमा स्वछन्द निर्माण सेवा र चाइनिज कम्पनी सिआर फाइफले सेप्टेम्बर २०१६ देखि संयुक्त रुपमा सो सडक निर्माण गरिराखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै