६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजी लगानीमा अस्पताल सञ्चालन

२८ माघ २०७५, सोमबार ०१:३२

माघ २८, दुल्लु (रासस) | दैलेखका दुल्लुमा निजी क्षेत्रको लगानीमा निर्मांण भएको अत्याधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ । दुल्लु नगरपालिकामा करीब रु दुई करोड ५० लाखको लगानीमा १५ श्ययाको आशाराम अस्पतालले शनिबारदेखि आफ्नो सेवा आरम्भ गरेको छ । 

दुल्लुमै विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिनुभयो । यहाँका विपन्न र आर्थिक अवस्था कमजोेर भएका नागरिकलाई उपचारका लागि सुर्खेत, नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ । 

अस्पतालमा अल्ट्रासाउन्ड, भिडियो एक्सरे सेवा उपलब्ध छ । खनालका अनुसार अस्पतालमा थाइराइड, सुगर, दिसापिसाबलगायत परीक्षणसहितको सुविधासम्पन्न प्रयोगशाला रहेको छ । अस्पतालले आगामी दिनमा सेवासुविधा थप गरेर यहाँका आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई सुलभदरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उहाँको भनाइ छ । 

अस्पतालको सेवाआरम्भ भएको अवसरमा पहिलो दिन स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

अस्पतालको उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले दुल्लुमै विशेषज्ञ चिकित्सकबाट बिरामीले उपचार सेवा पाउने बताउनुभयो । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लुमा विगतका दिनमा धेरै पोलिक्निक सञ्चालनमा आए पनि निजीस्तरबाट पहिलोपटक अस्पताल सञ्चालनमा ल्याइनुले दुल्लु क्षेत्रका नागरिकलाई सहजता हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु