६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा बाइस अङ्कको वृद्धि

७ फाल्गुन २०७५, मंगलवार १२:११

फागुन ७, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भएको छ । 

सबै उपसमूहको शेयर कारोवार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो । बैंकिङ १४.६९, होटल २३.०५, विकास बैंक २१.१६, जलविद्युत् २७.०५, वित्त स्थिर रहेको छ । 

निर्जीवन बीमा १५३.९३, उत्पादन ६.१३, अन्य १५.५४, लघुवित्त ४१.२८ र जीवन बीमा २५१.७३ बिन्दुले बढेको छ । बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशत बढीले कमाएका छन् । 

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले १० प्रतिशतले गुमाउँदा खानीखोला हाइड्रोपावर ३.७५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.४६ प्रतिशतले गुमाएका छन् । 

कारोवारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड २७ लाख ९३ हजार नागरिक लगानी कोष रु ९७ लाख १९ हजार ६९०, नेपाल बैंक लिमिटेडको रु ८९ लाख ९२ हजार ४९५ बराबरको शेयर कारोवार भयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प