२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा बाइस अङ्कको वृद्धि

२०७५, ७ फाल्गुन मंगलवार १२:११

फागुन ७, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भएको छ । 

सबै उपसमूहको शेयर कारोवार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो । बैंकिङ १४.६९, होटल २३.०५, विकास बैंक २१.१६, जलविद्युत् २७.०५, वित्त स्थिर रहेको छ । 

निर्जीवन बीमा १५३.९३, उत्पादन ६.१३, अन्य १५.५४, लघुवित्त ४१.२८ र जीवन बीमा २५१.७३ बिन्दुले बढेको छ । बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशत बढीले कमाएका छन् । 

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले १० प्रतिशतले गुमाउँदा खानीखोला हाइड्रोपावर ३.७५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.४६ प्रतिशतले गुमाएका छन् । 

कारोवारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड २७ लाख ९३ हजार नागरिक लगानी कोष रु ९७ लाख १९ हजार ६९०, नेपाल बैंक लिमिटेडको रु ८९ लाख ९२ हजार ४९५ बराबरको शेयर कारोवार भयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक