बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिल"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकीको मुआब्जामा चरम लापरवाही भएको भन्दै बिरोध

२०७५, १२ फाल्गुन आईतवार १२:०६

फागुन १२, गोरखा । बुढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा चरम लापरबाही र हेलचेक्र्याइँ भएको भन्दै बिरोध गरिएको छ । 

बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी बुढीगण्डकी आयोजना मुआब्जा वितरणमा ढिलासुस्ती भएको, मुआब्जा एकैचोटी नदिएर किस्ताबन्दीमा दिएको, बजार क्षेत्रको मुआब्जा नतोकेको, मुआब्जासम्बन्धी गुनासो सुनुवाइ नगरेको भन्दै विरोध जनाएका हुन् ।

सरोकार समितिका संयोजक हरेराम ढकालले ३ वर्षसम्म जनताले मुआब्जा नपाउने तर आयोजनाले बजेट खर्च गर्न नसकेर ढुकुटीमै फिर्ता हुने अवस्था देखिएको भन्दै आक्रोश पोखे । ‘यस बर्षको बजेटले मुआब्जा वितरण मात्र होइन, घरगोठ तथा बोटविरुवाको रकम पनि दिन पुग्छ, तर काममा ढिलाइ भइरहेको छ,’ ढकालले भने ।  ‘दररेट निर्धारण नगरी घर, गोठ तथा बोटविरुवाको लगत संकलनको कुरा हुदैछ भन्ने सुनेका छौं, यो उल्टो बाटो हिँड्न छाडेर पहिले दररेट निर्धारण गर्न आग्रह गर्छौ,’ समितिका संयोजक ढकालले भने ।

सरोकार समितिले घर, गोठ, बोटविरुवाको दररेट पनि तत्कालै निर्धारण गरेर रकम वितरण गर्न माग गरेको छ । संयोजक ढकालले बजार क्षेत्रको मुआब्जा पनि तत्काल निर्धारण गर्न माग गर्दै एउटै नियमको पनि वर्षअनुसार फरक ब्याख्या गरी जनतालाई मुआब्जामा ठग्ने काम भएको आरोप लगाए ।

त्यस्तै सरोकार समितिका सदस्य कृष्णप्रसाद खनालले बुढीगण्डकी आयोजनामा डुवान पीडितलाई चरम बेवास्ता गरिएको भन्दै सरकारकै कारण डुवान क्षेत्रका ८० प्रतिशतभन्दा बढी वासिन्दा सुकुम्बासी हुने बताए ।

Photo Credit: Hari Simkhada 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ