६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रानीपोखरी पुनःनिर्माण शुरु

२० फाल्गुन २०७५, सोमबार ०७:०५

फागुन २०, काठमाडौँ | ऐतिहासिक रानीपोखरी पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । 

परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको छु ।” 

पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनःनिर्माण शुरु गरिएको बताउनुभयो । 

उहाँले पुनःनिर्माणमा अहिले ४० कालिगढ खटिएका र आवश्यकता अनुसार तिनको सङ्ख्या बढाइने बताउनुभयो । काठमाडौँ महानगरपाललिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले उक्त पोखरी पुनःनिर्माणका लागि यस वडाले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पुनःनिर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढङ्गले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ । 

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनःनिर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प