२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्सवमा अल्लोबाट बनेका कपडाप्रति आकर्षण

२०७५, २६ फाल्गुन आईतवार ०१:२७

फागुन २६, काठमाडौँ (रासस) | भृकुटीमण्डपमा जारी ‘१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा मानिसको आकर्षण बढेको हो । 

प्यूठान नौबहिनी गाउँपालिका–६ स्थितको कोठी हिमाल अल्लो उद्योगकी सञ्चालिका चित्रकली बुढामगरले अल्लोबाट बनेका कपडा किन्न मानिसको आउने गरेको बताउनुभयो । 

उहाँको स्टलमा अल्लोबाट बनेको ढाकाटोपी रु ५०० देखि रु ८०० सम्म र ज्वारीकोट रु दुई हजार ५०० देखि रु पाँच हजारसम्म रहेको छ । उहाँले नेपाली सामग्रीबाट उत्पादन हुने भएकाले अल्लोका सामानप्रति मानिसको आकर्षण बढेको बताउनुभयो । सिस्नोको चार प्रजातिमध्ये एक जातबाट अल्लो बनाइन्छ । वर्षेनी वनजङ्गलमा सडेर कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गरेर उक्त कपडा तयार पारिन्छ । 

“रक्तचाप, मघुमेहजस्ता रोग लागेका मानिसलाई अल्लोबाट बनेका कपडा लगाउँदा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “नेपाली उत्पादनलाई बढवा दिन र स्वास्थ्यका कारणले पनि अल्लोबाट बनेको कपडा किन्न आउने गर्दछन् ।” बुढामगरले सञ्चालन गरेको उक्त उद्योगमा अहिले आफ्नै परिवारका छ सदस्यसहित ५० लाई रोजगारी दिनुभएको छ । विसं २०६३ मा रु ९० हजार लगानीबाट सिस्नोलाई प्रशोधन गरी कपडा उत्पादन गर्न थाल्नुभएको उहाँको अहिले रु ५० लाखको उद्योग भएको छ । 

उहाँले १३ प्रतिशतबाट लिएको ब्याजलाई अहिले बंैकले १८ प्रतिशत पु¥याउँदा समस्या भएको बताउनुभयो । “अहिले सहमतिविपरीत बैंकले ब्याजदर बढाउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसबाट अहिले उद्योग सञ्चालन गर्ने मात्र काम भएको छ, नाफा हुनसकेको छैन ।” 

यस्तै महोत्सवमा दाङ घोराहीस्थित चिनारी महिला साझेदारी उद्योग समूहमा पनि मानिसको अल्लोबाट बनेको कपडा किन्नेको भीड नै हुने गरेको छ । उद्योगकी सञ्चालिका प्रेमकुमारी पुन आफ्नो स्टलमा बढीजसो ढाकाटोपी र सानो–सानो पर्स किन्न मानिस आउने गरेको बताउनुभयो । 

उहाँले दैनिक रु ३५ हजारसम्म अल्लोबाट बनेका कपडा बिक्री गर्ने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा अल्लोको विशेषता बुझ्ने मानिस आउने गर्दछन् । उहाँले सरकारी कार्यालय, स्कूल, कलेजमा नेपालबाट उत्पादन हुने अल्लोको कपडा प्रयोग गरे व्यापार फस्टाउने बताउनुहुन्छ । 

यस्तै महोत्सवमा भारत, बङ्लादेश र पाकिस्तानका छालाबाट बनेका सामग्री तथा साडीमा राखिएका छन् । यही फागुन २३ गतेबाट भृकुटीमण्डपमा सञ्चालन महोत्सव २७ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ