२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

२०७५, २९ फाल्गुन बुधबार ०५:१९

फागुन २९, कावासोती  (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । 

नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।” 

वन तथा वातावरणमन्त्री विकास लम्सालले नवलपुरको लोकाहामा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने योजना बनाइएको बताउनुभयो । नवलपरासीपूर्वको कावासोती–८ मा रहेको सेक्टर वन कार्यालयको भवनमा तत्कालका लागि घरेलु तथा साना उद्योग कार्यालय स्थापना गरिएको छ । चाँडै कार्यालय व्यवस्थापन गरेर सेवा प्रदान गरिने जनाइएको छ । 

नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय नहुँदा यस क्षेत्रका उद्योग, व्यवसायी पश्चिम नवलपरासीको परासी धाउनुपर्ने बाध्यता रहेको थियो । घरेलु तथा साना उद्योग कार्यालय कावासोतीमा स्थापना भएपश्चात् यस क्षेत्रमा उद्योग, व्यवसाय गर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुराज पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो