६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

२९ फाल्गुन २०७५, बुधबार ०५:१९

फागुन २९, कावासोती  (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । 

नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।” 

वन तथा वातावरणमन्त्री विकास लम्सालले नवलपुरको लोकाहामा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने योजना बनाइएको बताउनुभयो । नवलपरासीपूर्वको कावासोती–८ मा रहेको सेक्टर वन कार्यालयको भवनमा तत्कालका लागि घरेलु तथा साना उद्योग कार्यालय स्थापना गरिएको छ । चाँडै कार्यालय व्यवस्थापन गरेर सेवा प्रदान गरिने जनाइएको छ । 

नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय नहुँदा यस क्षेत्रका उद्योग, व्यवसायी पश्चिम नवलपरासीको परासी धाउनुपर्ने बाध्यता रहेको थियो । घरेलु तथा साना उद्योग कार्यालय कावासोतीमा स्थापना भएपश्चात् यस क्षेत्रमा उद्योग, व्यवसाय गर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुराज पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या