२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकबाटै राउटेलाई भत्ता

२०७५, ३० फाल्गुन बिहीबार ०२:२३

फागुन ३०, सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएको छ । जंगलमै बासस्थान बनाएर काठका सामग्री अन्नबालीसँग साट्ने र जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिएका छन् । विगतमा पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदायका नागरिकहरु बैंकबाट पैसा बुझ्न थालेका छन् ।

सुर्खेतको लेकवेशी नगरपालिकाको चिप्लेमा बस्दै आएका राउटे समुदायका मुखियाहरुले पहिलो पटक बैंकबाट तलव बुझेका छन् । पुर्खादेखि नै पैसा छुनु हुँदैन भन्दै आएका राउटेहरुले पहिलो पटक बैंक सेवा लिएका हुन् । राउटे समुदायको मुलीका रुपमा छनोट भएका तीन जना मुखियाले पहिलो पटक मुखिया पदको तलव बुझेका हुन् । सामाजिक सेवा केन्द्र दैलेखबाट फागुन १२ गते मुखिया पदमा नियुक्ति पाएका मुखियासहित थप दुई जना राउटेले बैंकबाट चेक साटेर तलव बुझेका हुन् । उनीहरुले मेगा बैंक सुर्खेत शाखाबाट बुधबार चेकमार्फत फागुन महिनाको तलव बापत जनही एक हजार पाँच सय रुपैयाँ तलब बुझे ।


परासामाजिक कार्यकर्ताको रुपमा नियुक्ती पाएका मुखिया सुर्यनारायण शाही, डिलबहादुर शाही, बिरबहादुर शाही र प्रकाश शाही तथा मैनबहादुर शाहीले चेक साटेर पैसा लिएका छन् । पहिलो पटक बैंकिङ कारोबार गरेका राउटेहरु खुसी भएका छन् । ‘पहिलो पटक चेक समाएको हुँ’ मुखिया सुर्यनारायणले भने,‘पहिले मुखिया हुँदा तलव पाइँदैन थियो । अब दिन राम्रा आए। जनता पनि खुसी छन् ।’ सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटेलाई बैंकको पहुँचमा पुर्‍याउन र आधुनिकतातर्फ ल्याउन चेकमार्फत तलव प्रदान गरिएको बताए । राउटेहरु केही महिना पहिले मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत बसाई सरेका थिए । चिसो मौसममा तराई बस्ती सर्ने राउटेहरु गर्मी शुरु भएसँगै पहाडतिर बस्ती बस्ने गर्छन् । हालसम्म जंगलमा बस्दै आएका राउेटहरु कम्तीमा तीन महिनासम्म स्थान परिवर्तन गरि बस्ती सर्ने गर्छन् । विगतमा ननुहाउने उनीहरु आजभोली नुहाउने, सरसफाई गर्ने र पढ्ने गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो