६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकबाटै राउटेलाई भत्ता

३० फाल्गुन २०७५, बिहीबार ०२:२३

फागुन ३०, सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएको छ । जंगलमै बासस्थान बनाएर काठका सामग्री अन्नबालीसँग साट्ने र जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिएका छन् । विगतमा पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदायका नागरिकहरु बैंकबाट पैसा बुझ्न थालेका छन् ।

सुर्खेतको लेकवेशी नगरपालिकाको चिप्लेमा बस्दै आएका राउटे समुदायका मुखियाहरुले पहिलो पटक बैंकबाट तलव बुझेका छन् । पुर्खादेखि नै पैसा छुनु हुँदैन भन्दै आएका राउटेहरुले पहिलो पटक बैंक सेवा लिएका हुन् । राउटे समुदायको मुलीका रुपमा छनोट भएका तीन जना मुखियाले पहिलो पटक मुखिया पदको तलव बुझेका हुन् । सामाजिक सेवा केन्द्र दैलेखबाट फागुन १२ गते मुखिया पदमा नियुक्ति पाएका मुखियासहित थप दुई जना राउटेले बैंकबाट चेक साटेर तलव बुझेका हुन् । उनीहरुले मेगा बैंक सुर्खेत शाखाबाट बुधबार चेकमार्फत फागुन महिनाको तलव बापत जनही एक हजार पाँच सय रुपैयाँ तलब बुझे ।


परासामाजिक कार्यकर्ताको रुपमा नियुक्ती पाएका मुखिया सुर्यनारायण शाही, डिलबहादुर शाही, बिरबहादुर शाही र प्रकाश शाही तथा मैनबहादुर शाहीले चेक साटेर पैसा लिएका छन् । पहिलो पटक बैंकिङ कारोबार गरेका राउटेहरु खुसी भएका छन् । ‘पहिलो पटक चेक समाएको हुँ’ मुखिया सुर्यनारायणले भने,‘पहिले मुखिया हुँदा तलव पाइँदैन थियो । अब दिन राम्रा आए। जनता पनि खुसी छन् ।’ सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटेलाई बैंकको पहुँचमा पुर्‍याउन र आधुनिकतातर्फ ल्याउन चेकमार्फत तलव प्रदान गरिएको बताए । राउटेहरु केही महिना पहिले मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत बसाई सरेका थिए । चिसो मौसममा तराई बस्ती सर्ने राउटेहरु गर्मी शुरु भएसँगै पहाडतिर बस्ती बस्ने गर्छन् । हालसम्म जंगलमा बस्दै आएका राउेटहरु कम्तीमा तीन महिनासम्म स्थान परिवर्तन गरि बस्ती सर्ने गर्छन् । विगतमा ननुहाउने उनीहरु आजभोली नुहाउने, सरसफाई गर्ने र पढ्ने गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या