२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनता आवास कार्यक्रम अन्तर्गत २८८ घर निर्माण गरिँदै

२०७५, ३ चैत्र आईतवार १०:१३

चैत ३, राँझा (रासस) | चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत बाँकेमा २८८ घर निर्माण गर्ने भएको छ । 

सो कार्यक्रम अन्तर्गत अल्पसङ्ख्यक, लोपोन्मुख, दलित र अति गरीब परिवारका लागि सो घर निर्माण गर्ने भएको हो । प्रदेश सरकारको योजना अनुसार बाँकेका छवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ३८ का दरले कुल २२८ घर निर्माण गर्ने लक्ष्य लिएको प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो । 

मन्त्री पौडेलले आर्थिकरुपमा अति विपन्न र घरवारविहीन भएका दलित, अल्पसङ््ख्यक र लोपोन्मुख आदिवासीलाई आवास उपलब्ध गराउने उद्देश्यसहित जनता आवास कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । 

कार्यक्रमअन्तर्गत बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) स्थित कोहलपुर नगरपालिका वडा नं १४ र १५ का खटिक र हरिजन जातिका दलित समुदायका अत्यन्त विपन्न ३८ परिवारका लागि घर निर्माण गर्ने भएको छ । 

त्यस्तै बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं २ ‘ख’ स्थित पिप्रहवा तथा ३ ‘क’ स्थित चिसापानी र उढरापुरमा १९÷१९ घर निर्माण हुने प्रदेशसभा सदस्य आइपी खरेलले बताउनुभयो । 

प्रदेशसभा निर्वाचन क्षेत्र नं ३ ‘ख’ स्थित खजुरा गाउँपालिका–१ मा ९, वडा नं २ मा १०, जानकी गाउँपालिका–४ मा १० र वडा नं ५ मा १० गरेर कुल ३९ घर निर्माण गरिने प्रदेशसभा सदस्य बाबुराम गौतमले जानकारी दिनुभयो । 

बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ‘क’ का प्रदेशसभा सदस्य कृष्णा केसी र प्रदेशसभा निर्वाचन क्षेत्र नं २ ‘क’ का प्रदेशसभा सदस्य विजय यादवले जनता आवास कार्यक्रमअन्तर्गत बनाइने घर निर्माणका लागि यस क्षेत्रमा समुदाय र स्थान छनोट भइनसकेको जानकारी दिनुभयो । 

शहरी विकास तथा भवन निर्माण कार्यालय बाँकेका प्रमुख भूपेन्द्रकुमार यादवले सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु तीन लाख ५० हजार विनियोजन भएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सो कार्यक्रमका लागि रु दुई लाख १५ हजार २०० बजेट विनियोजन भएको थियो । 

उक्त रकमबाट सम्बन्धित परिवारले दुई कोठा, एक भान्सा र बरण्डा भएको आवास भवन र शौचालय अनिवार्यरुपमा बनाउनुपर्ने व्यवस्था छ । जनता आवास कार्यक्रममा बाँकेमा आठ हजार ८३५ आवेदन परेकामा यो आर्थिक वर्षमा २२८ घर मात्रै निर्माण गर्ने भएको शहरी विकास तथा भवन निर्माण कार्यालय हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा