२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी

२०७५, १४ चैत्र बिहीबार ०८:०३

चैत १४, काठमाडौँ (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताउनुभएको छ । 

यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताउनुभयो । 

हार्दिकता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित नेपाल–बङ्गलादेश सम्बन्ध राजनीतिक, आर्थिक, पर्यटन र शैक्षिक क्षेत्रमा समेत विस्तार भएको चर्चा गर्दै मन्त्री पुनले दुई देशबीच पछिल्ला दिनमा ऊर्जा सहायता र साझेदारीका कार्यक्रम पनि भइरहेका बताउनुभयो । 

माथिको तश्वीरमा: नेपाल–बङ्गलादेश व्यापार मञ्चको बिहीबार राजधानीमा आयोजित बैठकको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन । तस्बिरः प्रदीप राज वन्त, रासस

ऊर्जा क्षेत्रमा भएको नेपाल र बङ्गलादेशबीचको साझेदारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता बहुपक्षीय मञ्चमा पनि सहकार्य भइरहेको बताउनुभयो । “ऊर्जा व्यापार प्रवद्र्धन एवं विस्तारका लागि उपक्षेत्रीय एवम् क्षेत्रीय स्तरमा पनि दुई देशबीच साझेदारी भएको छ,” उहाँले भन्नुभयो । 

नेपालका लागि बङ्गालदेशका राजदूत मास्फी विन्ते शाम्सले बङ्गलादेश र नेपाल आर्थिक विकासको बाटोमा अग्रसर भएको वर्तमान अवस्थामा एकअर्काका विज्ञता, अनुभव र सीप आदानप्रदान हुन जरुरी भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ