२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अध्यक्षले मनोमानी गरेको भन्दै काठमाडौं मल व्यापार संघका पदाधिकारीको सामुहिक राजिनामा

२०७५, २५ चैत्र सोमबार १५:०९

चैत २५, काठमाडौं । संचयकोषको स्वामित्वमा रहेको काठमाडौं मलको विषय थप जटिल बनेको छ । काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले मनोमानी ढंगले काम गरेको तथा एकल निर्णय गर्ने गरेको भन्दै काठमाडौं मल व्यापार संघका पदाधिकारीहरुले संयुक्त रुपमा सामुहिक राजिनामा दिएका छन् । 

अध्यक्षको दादागिरीबाट आतंकित भएको भन्दै १० जना कार्य समिति सदस्य मध्ये ९ जनाले सामूहिक राजिनामा दिए पश्चात “द काठमाडौं मल ब्यापार संघ” का अध्यक्ष महरा अल्पमतमा परेकी छिन।

महराले उच्च ओहोदामा रहेका व्यक्तिहरुको नाम लिदै धाक धम्कि दिएको भन्दै पदाधिकारीहरुले आफुहरु आजित भएको बताएका छन् । “आफैंले व्यवसाय गरेको चौंथो तल्लामा दिउँसै खुर्सानी बालेर ग्राहक र कामदारहरु भागाभाग बनाउने गरेको अनि आफै प्रहरी मलमा बोलाएर तुच्छ व्यवहार देखाउने गरेकोले आजित भैसकेका छौ ,फेरि यो राजिनामा दिएका पदाधिकारी उपर झुट्टा केश गर्ने त होईन भनेंर शशंकित छौ , निज दोहोरो तेहोरो थर/वतन फेरि रहनाले पनि नागरिकता/ बिवाह दर्ता लिएको उपर सम्बन्धित निकाय राज्यले छानबिन गर्न आब्हान समेत गरिएको छ।” एक पदाधिकारीले नाम नबताउने सर्तमा बताए । 

व्यवसायीहरुले सामाजिक संजालमा महरा प्रति आक्रोस व्यक्त गरेका छन् । संचयकोषले आफ्नै प्रयोजनका लागि मललाइ खालि गर्न निर्देशन दिएको अवस्थामा काठमाडौं मल व्यापार संघका पदाधिकारीहरुको सामुहिक राजीनामाले थप अप्ठेरो परिस्थितिको सामना गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

संञ्चयकोषको मातहतमा आएपछि व्यवसायीले अब आरामसँग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर काठमाडौं मल व्यापार संघको नेतृत्वको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् ।

काठमाण्डौं मलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिएकी हुन् तर सुरुवात बाट नै महरा थप विवादित बन्न पुगेकी छिन ।

काठमाडौं मलका व्यापारीहरूले सधैँ नै विचौलियाबाट पीडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन