६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अध्यक्षले मनोमानी गरेको भन्दै काठमाडौं मल व्यापार संघका पदाधिकारीको सामुहिक राजिनामा

२५ चैत्र २०७५, सोमबार १५:०९

चैत २५, काठमाडौं । संचयकोषको स्वामित्वमा रहेको काठमाडौं मलको विषय थप जटिल बनेको छ । काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले मनोमानी ढंगले काम गरेको तथा एकल निर्णय गर्ने गरेको भन्दै काठमाडौं मल व्यापार संघका पदाधिकारीहरुले संयुक्त रुपमा सामुहिक राजिनामा दिएका छन् । 

अध्यक्षको दादागिरीबाट आतंकित भएको भन्दै १० जना कार्य समिति सदस्य मध्ये ९ जनाले सामूहिक राजिनामा दिए पश्चात “द काठमाडौं मल ब्यापार संघ” का अध्यक्ष महरा अल्पमतमा परेकी छिन।

महराले उच्च ओहोदामा रहेका व्यक्तिहरुको नाम लिदै धाक धम्कि दिएको भन्दै पदाधिकारीहरुले आफुहरु आजित भएको बताएका छन् । “आफैंले व्यवसाय गरेको चौंथो तल्लामा दिउँसै खुर्सानी बालेर ग्राहक र कामदारहरु भागाभाग बनाउने गरेको अनि आफै प्रहरी मलमा बोलाएर तुच्छ व्यवहार देखाउने गरेकोले आजित भैसकेका छौ ,फेरि यो राजिनामा दिएका पदाधिकारी उपर झुट्टा केश गर्ने त होईन भनेंर शशंकित छौ , निज दोहोरो तेहोरो थर/वतन फेरि रहनाले पनि नागरिकता/ बिवाह दर्ता लिएको उपर सम्बन्धित निकाय राज्यले छानबिन गर्न आब्हान समेत गरिएको छ।” एक पदाधिकारीले नाम नबताउने सर्तमा बताए । 

व्यवसायीहरुले सामाजिक संजालमा महरा प्रति आक्रोस व्यक्त गरेका छन् । संचयकोषले आफ्नै प्रयोजनका लागि मललाइ खालि गर्न निर्देशन दिएको अवस्थामा काठमाडौं मल व्यापार संघका पदाधिकारीहरुको सामुहिक राजीनामाले थप अप्ठेरो परिस्थितिको सामना गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

संञ्चयकोषको मातहतमा आएपछि व्यवसायीले अब आरामसँग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर काठमाडौं मल व्यापार संघको नेतृत्वको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् ।

काठमाण्डौं मलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिएकी हुन् तर सुरुवात बाट नै महरा थप विवादित बन्न पुगेकी छिन ।

काठमाडौं मलका व्यापारीहरूले सधैँ नै विचौलियाबाट पीडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या