२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी जग्गा हडप्नेहरुप्रति स्थानीय निकाय किन कठोर बन्न सक्दैनन् ? (स्थलगत भिडियो)

२०७५, २७ चैत्र बुधबार ०५:०२

अनिल अधिकारी | चैत २७, काठमाडौँ | काठमाडौँ लगायत प्रमुख सहरहरुमा ठूला संरचनामा बनेको होटल, हाउजिङ तथा अन्यले व्यवसायिक तथा व्यक्तिगत तवरबाट सरकारी जग्गाहरु हडप्ने क्रम जारी छ । स्थानीय तहहरु सक्रिय बनेपछी झन्डै दुई बर्ष पुग्न लाग्दा समेत अधिकांश स्थानीय तहहरुलाई हडपिएका सरकारी जग्गा तथा खोला/कुलो संरचनाले छुने र मापदण्ड लाग्ने जग्गाहरु छुट्ट्याउन हम्मे-हम्मे पर्ने देखिएको छ ।

सार्वजनिक सम्पत्तिलाई गैरकानूनी रुपमा व्यक्ति/व्यवसायिक नाममा दर्ता गर्नेदेखि अनाधिकृत तवरले उपयोग गरिदा त्यसको प्रत्यक्ष असर सिंगो देश बिकासमा समेत पर्ने देखिन्छ । जुन काममा नापी कार्यालयका कर्मचारीदेखि स्थानीय जनप्रतिनिधि तथा स्थानीय सरकारका कर्मचारीको समेत मिलिमतो हुने आरोप लाग्ने गरेको छ । 

त्यसो त प्रधानमन्त्री निवास बालुवाटारको जग्गा समेत भूमाफियाहरुले व्यक्तिका नाममा गरेको खुलाशा भईरहेको बेला देशभरी अन्य स्थानका जग्गा-जमिन कतिसम्म अनाधिकृत तरिकाले प्रयोग भईरहेका छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । 

बेथिति सहिरहंदा वा चुप लागेर बस्दा त्यसको प्रभावले सिंगो स्थानीय तह तथा देशको बिकासमा निरन्तर बाधा पुग्ने देखिन्छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएर कार्यरत रहँदा कतिपय ठाउँमा जन-प्रतिनिधिलाईनै प्रभावमा पारेर सरकारी जग्गा उपभोगमा होल्ड गर्ने, हडप्ने, आफ्नै नाममा बनाउने वा कार्यान्वयनमा फितलो देखिने जस्ता बिभिन्न क्रियाकलाप भईरहेका छन् । यस्तो अवस्थामा सम्बन्धित निकाय मौन बसिदिँदा त्यसै सानो बिषयको प्रभावले सिङ्गो स्थानीय तहमै काम-कारवाही गर्नको लागि समस्या देखिने गरेको छ । एउटा जनप्रतिनिधिलाई प्रभावमा पारेर वा जनप्रतिनिधिहरुले नै वेवास्था गरिदिँदा त्यसैको प्रभावले अन्य ठाउँमा समेत सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न अफ्ट्यारो पर्ने देखिन्छ ।

माथिको तश्वीरमा: काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित पार्क भिलेज होटलले २० बर्षदेखि उपभोग गर्दै गरेको राजकुलो र राजकुलोकै माथि बनाइएको सरचनाहरु । (यस बिषयमा भिडियोमा पुरा रिपोर्ट हेर्न सकिन्छ)

हामीले यसै बिषयलाई उठान गर्दै एउटा प्रतिनिधि रिपोर्ट तयार पारेका छौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित वार्ड नम्बर ३ र ५ मा पर्ने परिचित होटल व्यवसायी कर्ण साक्यको होटलले २० बर्षदेखि सरकारी मापदण्ड मिचेर राजकुलो उपभोग गरिरहेको भेटिएको छ भने वार्ड नम्बर ५ स्थीत रोड सो हाउजिङले विष्णुमति करिडोरको मापदण्ड मिचेर संरचना बनाइरहेको तर नजिकै रहेको स्थानीय तहलाई अत्तोपत्तो नभएको भेटिएको छ ।

माथिको तश्वीरमा: बुढानीलकण्ठ नगरपालिका ५ स्थित रोड सो  हाउजिङले सरकारी मापदण्ड मिचेर विष्णुमति करिडोरको २० मिटर हुनुपर्ने संरचना ४ मिटरमा सिमित राखेर बनाएको सडक । 

हाउजिङले २० मिटर चौडा मापदण्ड छाडेर मात्र संरचना निर्माण गर्नुपर्नेमा जम्मा ४ मिटर मात्र छाडेर आफ्नो हाउजिङ मापदण्ड पुरा गर्न खोजेको र आफूले बनाएको संरचनाबारे स्थानीय निकायमा समेत कुनै जानकारी नदिएको भेटिएको छ । यसै सम्बन्धमा जिम्मेवार जनप्रतिनिधिहरुसँग हामीले सम्बन्धित पार्क भिलेज होटलमै पुगेर स्थलगत रिपोर्टीङ सहित जवाफ लिएका छौं । 

यस सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरुले १ बर्षभीत्र स्थानीय मापदण्ड निर्धारण गरेर आवश्यक कारवाही गर्ने साझा सबाललाई जानकारी दिएका छन् । भिडियोमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, सोहि नगरपालिका वार्ड नम्वर ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वार्ड नम्बर ५ का वडाध्यक्ष विजय तामाङ र पार्क भिलेजका प्रतिनिधि सागर साक्यसँग गरिएको कुराकानी सहितको स्थलगत रिपोर्ट तल भिडियोमा हेर्न सकिन्छ । हामी यस बिषयमा नियमित फलोअप गर्नेछौं । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ