२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु

२०७५, २७ चैत्र बुधबार ०९:०५

चैत २७, काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम पनि सुरु गरेको छ । केन्द्रिय तथ्याँक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिएका हुन् ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताए । त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको कामलाई सुरु गरिएको जनाएको छ ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाईल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाईल बनाउने काम भइरहेको  पनि समितिलाई जानकारी गराए ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ । रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरु गरिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ