२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइएमई जनरल इन्स्योरेन्स नयाँ योजना, ८६० रुपैयाँ तिरेपछि विद्यार्थी र अभिभावकको बीमा हुने

२०७५, २७ चैत्र बुधबार १६:२०

चैत्र २७, काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले विद्यार्थीलाई लक्षित गरेर आइजिआई विद्यार्थी बीमा पोलिसी ल्याएको छ। कम्पनीका संचालन प्रतापजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थिलाई लक्षित उक्त बीमालेख सार्वजनिक गरेका हुन्  ।

उक्त बीमालेखका लागि भ्याटबाहेक बार्षिक ८ सय ६० रुपैयाँ प्रिमियम तिर्नुपर्ने कम्पनीले  जानकारी दिएको छ । यो पोलिसीले आमा र बुबालाई समेत सुरक्षा दिने कम्पनीको दाबी गरेको छ। विद्यार्थीलाई २४ सै घण्टा सुरक्षा दिने भएकोले दुर्घटनाबाट पर्न जाने आर्थिक भारबाट अभिभावक र विद्यालय मुक्त हुने कम्पनीको दाबी छ। कम्पनीका अनुसार बीमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा १० लाख रुपैयाँ तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर पाँच लाख बीमांक कायम गरिएको छ।

कम्पनीका अनुसार स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको तीन लाख तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमांक रकमको शतप्रतिशत पाँच लाख रुपैयाँको जोखिम वहन गर्नेछ। अंगभंग भएमा बीमित विद्यार्थीको हकमा बीमांक रकमको शतप्रतिशत  एक लाख रुपैयाँसम्म तथा आमा वा बाबुको हकमा अढाई लाख रुपैयाँसम्म जोखिम बहन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम १० हजार रुपैयाँ नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ। कम्पनीले दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ हजार रुपैयाँ सम्मको औषधोपचार सुविधा कायम गरिएको जनाएको छ। कम्पनीका अनुसार विमित विद्यार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बीमांक रकम पचास हजार रुपैयाँ र अस्पतालको शैया दैनिक दुई हजार रुपैयाँसम्म हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ