चैत २९, काठमाडौँ | नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।
महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा सात हजारले बढी हो ।
महालेखाले शुक्रबार २०७५ / ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।