६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुङ्गा महोत्सवमा मन्त्री पोख्रेलले भने – ‘विकासको भोक सरकारले मेटाउँछ’

३० चैत्र २०७५, शनिबार १५:४०

चैत ३०, ओखलढुङ्गा (रासस) | उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकको विकासको भोक सरकारले मेटाउने बताउनुभएको छ । प्रथम ओखलढुङ्गा महोत्सवको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनताका बीचमा गरिएका, घोषणापत्रमा उल्लेख गरिएका र सरकार बनिसकेपछि व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न सङ्घीय सरकार लागिपरेको बताउनुभयो । 

देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार गठन मात्रै नभएर प्रणाली नै फेरिएको उहाँले बताउनुभयो । “मुलुकमा नेकपाको बहुमत प्राप्त सरकार मात्रै बनेको होइन, विगतको प्रणाली नै परिवर्तन भएको छ । सरकार चुनावका बेला गरिएका प्रतिबद्धता मात्रै होइन नागरिकका सबैजसो चाहना पूरा गरेरै छाड्छ । यो हाम्रो सङ्कल्प हो । अठोट हो”, उहाँले भन्नुभयो । उहाँले मुलुकको समृद्धिका लागि जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । आफ्नो प्रतिबद्धताबाट सरकार पछि नहट्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले तीनवटै तहका जनप्रतिनिधि विकासप्रति चिन्तित हुनुपर्ने बताउनुभयो । 


तश्वीर: Shrestha BN (Facebook Wall) 

“विकास सम्भव छ, त्यसका लागि बजेट र योजना तर्जुमामा सङ्घीय सरकारले कुनै कमी हुन दिँदैन”, उहाँले भन्नुभयो, “संविधानप्रदत्त अधिकार प्रयोग गर्दै स्थानीय, प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि साथी गोठालो बन्नुस् ।” उहाँले सरकार अहिलेसम्म ऐन कानून निर्माणमा केन्द्रित भएकाले अब पूर्वाधार विकासमा जुट्ने बताउनुभयो । ओखलढुङ्गा महोत्सव आगामी वैशाख १० गतेसम्म सञ्चालन हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या