६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालोपत्र गरिँदै मध्यपहाडी लोकमार्ग

५ बैशाख २०७६, बिहीबार १६:०३

वैशाख ५, रुकुमपूर्व (रासस) | रुकुमपूर्वमा पर्ने मध्यपहाडी लोकमार्गको १६ किलोमिटर सडकखण्ड कालोपत्र गरिँदैछ । यो सडक नै जिल्लाको सबैभन्दा पहिले कालोपत्र हुँदै गरेको सडक हो । चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सन कम्पनीले भुमे गाउँपालिका–३ किमुबोटदेखि भुमे–१ को तुपुवाङखोलासम्मको १६ किलोमिटर सडकखण्डमा कालोपत्रको काम धमाधम गरिरहेको छ । नालीसहित सडकलाई चौडा बनाउने काम सकिएपछि कालोपत्रको काम शुरु गरिएको कम्पनीले जनाएको छ । 

यस क्षेत्रमा माघदेखि जेठ महीनाको अन्तिमसम्म मात्र काम गर्न सहज हुने कन्स्ट्रक्सन कम्पनीका इञ्चार्ज विष्णुबहादुर रावतले बताउनुभयो । “वर्षायाममा पानी र हिउँदयाममा हिउँ र चिसोका कारण सडकको काम गर्न असहज भइदिन्छ”, कम्पनीका इञ्चार्ज रावतले भन्नुभयो, “वैशाख १ गतेदेखि शुरु गरिएको पहिलो चरणको कालोपत्र काम असार मसान्तभित्र सक्ने गरी दिनरात खटिरहेका छौँ ।” सर्वसाधारणको सुविधालाई ध्यानमा राखी उनीहरुको यात्रामा समस्या नआओस् भनेर सडकको एक भाग कालोपत्र गर्ने र अर्को भागमा सवारी साधन गुड्न दिने व्यवस्था मिलाइएको छ । 

त्यसैगरी कालोपत्र गरिएको भागमा सवारी साधन गुड्ने भएपछि फेरी अर्को भाग पनि त्यसरी नै कालोपत्र गरिने उहाँको भनाइ छ । उक्त सडकखण्ड कालोपत्रका लागि रु २८ करोड  बजेट विनियोजन गरिएको थियो । रुकुमपूर्व र पश्चिम गरी यी दुईवटा जिल्लामा मध्यपहाडी लोकमार्गको १ सय २३.५ किलोमिटर सडकखण्ड पर्दछ । दुवै जिल्लामा पर्ने उक्त सडकखण्डलाई आठ खण्डमा विभाजन गरेर स्तरोन्तिको काम भइरहेको छ ।

जिल्लामै पहिलोपटक सडक कालोपत्र हुँन लाग्दा जिल्लावासी खुशी भएका छन् । बर्खामा हिलो र हिउँदमा धुलो धुवाँबाट आजित भएका जिल्लावासी सडक कालोपत्र भएपछि उक्त समस्याबाट मुक्त हुने र यात्रामा सहज हुने भन्दै खुशी भएका हुन् । भुमे गाउँपालिका– ६ का तारक बुढाले भन्नुभयो, “खाल्डाखुल्डी परेको सडकमा झ्याकिँदै र बाटोमा हिलो भेटिएपछि गाडी हिलोमा गाडिन्छ भनेर भुइँमा झर्दै फेरि गाडी चढ्दै यात्रा गर्नुपर्ने बाध्यता अब हामी माँझबाट टर्ने भएको छ । चिल्लो बाटोमा आनन्दमय यात्रा गर्ने जिल्लावासीको रहर पूरा हुने भएको छ । सडक कालोपत्र भएपछि समय र पैसाको बचत हुने साथै व्यापार व्यवसायमा सहयोग पुग्ने भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । पक्की सडक बनेसँगै जिल्ला भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ छ । उक्त मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या