२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक: कालोपत्र भएको दुई हप्तामै जीर्ण

२०७६, १३ बैशाख शुक्रबार १४:३२

पूर्णप्रसाद मिश्र | वैशाख १३, काठमाडौँ (रासस) | चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै जीर्ण बनेको छ ।

यो सडक गत चैतको अन्तिम सातामा कालोपत्र भएको थियो । निर्माण कम्पनी युनाइटेड विल्डर्सले यो सडक कालोपत्र गरेको हो । कालोपत्र भएकै बेला सम्झौतामा तोकिएभन्दा कम निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए । 

यो सडक निर्माण शुरु भएको लामो समयसम्म पनि दायाँबायाँका घर नभत्काएकाले ‘साइड क्लियर’ नभएको भन्दै बन्न सकेको थिएन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र घर भत्काउने फैसला सुनाएपछि सरकारले अहिले भएकै चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । 

सरकारले निर्णय गरेको वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम गरेका छैनन् । करीब ११ किमीको यो सडकको धेरै ठाउँमा अझै कालोपत्र भएको छैन । एक दिन काम गरे हप्ता दिनसम्म काम रोकिने, करोडौँको ठेक्का लिएर चार पाँच जना मजदूर मात्र काममा उतार्ने गरेको स्थानीयवासी श्याम बरालले गुनासो गर्नुभयो । 

दुइ साताअघि गरिएको कालोपत्रको गिट्टी निस्किएर पहिलेकै अवस्थामा सडक फर्किएको छ । कालोपत्र गरेको दुई सातामा फेरि सडकमा पानी जम्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाले कालोपत्र भइरहेका बेला कामको अनुगमन गरेको थियो । नगर उपप्रमुख शान्ति नेपाल वर्षौंपछि बनेको सडक खुशीले अनुगमन गर्ने बताउनुहुन्छ । 

“सङ्घीय सरकारले लगाएको ठेक्का भएकाले अनुगमन गर्ने स्थानीय सरकारको काम त होइन तर नगर भित्रै भएकाले गएका थियौँ, त्यसैबेला गुणस्तरीय काम नभएको स्थानीयवासीको गुनासो थियो, सम्झौताअनुसार काम गराउन नगरपालिकाले पहल गर्छ”, नगरपालिकाको अनुगमन प्रमुखसमेत रहनुभएकी उहाँले भन्नुभयो । दुई सातामै सडक जीर्ण भएको सम्बन्धमा प्रतिक्रिया लिन युनाइटेड विल्डर्सका अधिकारीसँग पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । 

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने 

यसैबीच जीर्ण बनेको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक वैशाख १६ गतेदेखि मर्मतसम्भार हुने भएको छ । सडक विभागले यो सडक मर्मत गर्न लागेको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिनुभयो । 

बिस्तारका लागि ठेक्का भइसकेको सात किमीको यो सडक चार वर्षदेखि दायाँबायाँका घर नभत्किएकै कारण अलपत्र बनेको छ । धेरै ठाउँमा खाल्डाखुल्डी भएकाले सवारी पल्टिनेलगायत दुर्घटना हुने गरेको छ । मर्मतसम्भारमा सहयोग गर्न नगरपालिकाले सार्वजनिक सूचना जारी नगरवासीसँग आह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से