९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक: कालोपत्र भएको दुई हप्तामै जीर्ण

१३ बैशाख २०७६, शुक्रबार १४:३२

पूर्णप्रसाद मिश्र | वैशाख १३, काठमाडौँ (रासस) | चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै जीर्ण बनेको छ ।

यो सडक गत चैतको अन्तिम सातामा कालोपत्र भएको थियो । निर्माण कम्पनी युनाइटेड विल्डर्सले यो सडक कालोपत्र गरेको हो । कालोपत्र भएकै बेला सम्झौतामा तोकिएभन्दा कम निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए । 

यो सडक निर्माण शुरु भएको लामो समयसम्म पनि दायाँबायाँका घर नभत्काएकाले ‘साइड क्लियर’ नभएको भन्दै बन्न सकेको थिएन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र घर भत्काउने फैसला सुनाएपछि सरकारले अहिले भएकै चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । 

सरकारले निर्णय गरेको वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम गरेका छैनन् । करीब ११ किमीको यो सडकको धेरै ठाउँमा अझै कालोपत्र भएको छैन । एक दिन काम गरे हप्ता दिनसम्म काम रोकिने, करोडौँको ठेक्का लिएर चार पाँच जना मजदूर मात्र काममा उतार्ने गरेको स्थानीयवासी श्याम बरालले गुनासो गर्नुभयो । 

दुइ साताअघि गरिएको कालोपत्रको गिट्टी निस्किएर पहिलेकै अवस्थामा सडक फर्किएको छ । कालोपत्र गरेको दुई सातामा फेरि सडकमा पानी जम्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाले कालोपत्र भइरहेका बेला कामको अनुगमन गरेको थियो । नगर उपप्रमुख शान्ति नेपाल वर्षौंपछि बनेको सडक खुशीले अनुगमन गर्ने बताउनुहुन्छ । 

“सङ्घीय सरकारले लगाएको ठेक्का भएकाले अनुगमन गर्ने स्थानीय सरकारको काम त होइन तर नगर भित्रै भएकाले गएका थियौँ, त्यसैबेला गुणस्तरीय काम नभएको स्थानीयवासीको गुनासो थियो, सम्झौताअनुसार काम गराउन नगरपालिकाले पहल गर्छ”, नगरपालिकाको अनुगमन प्रमुखसमेत रहनुभएकी उहाँले भन्नुभयो । दुई सातामै सडक जीर्ण भएको सम्बन्धमा प्रतिक्रिया लिन युनाइटेड विल्डर्सका अधिकारीसँग पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । 

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने 

यसैबीच जीर्ण बनेको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक वैशाख १६ गतेदेखि मर्मतसम्भार हुने भएको छ । सडक विभागले यो सडक मर्मत गर्न लागेको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिनुभयो । 

बिस्तारका लागि ठेक्का भइसकेको सात किमीको यो सडक चार वर्षदेखि दायाँबायाँका घर नभत्किएकै कारण अलपत्र बनेको छ । धेरै ठाउँमा खाल्डाखुल्डी भएकाले सवारी पल्टिनेलगायत दुर्घटना हुने गरेको छ । मर्मतसम्भारमा सहयोग गर्न नगरपालिकाले सार्वजनिक सूचना जारी नगरवासीसँग आह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै