२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

परराष्ट्रमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण

२०७६, १८ बैशाख बुधबार ०१:५९

वैशाख १८, ल्हासा (रासस) | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गर्नुभयो । मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टिसिआइसीका अधिकारीले स्वागत गर्नुभयो ।

निरीक्षणका क्रममा मन्त्री ज्ञवालीलाई चीन सरकारको स्वामित्व भएको र नेपाली नियोगले सन् २०७५ सम्मका लागि लिजमा लिएको करीब १३ रोपनी (८३७५ वर्गमिटर) क्षेत्रफलमा बनेको नियोगको कार्यालय र आवास भवन ज्यादै जीर्ण भई पुनःनिर्माण गर्नुपर्ने भएकाले चीनको तिब्बत सरकार, ल्हासा नगरपालिकाको अनुदान सहयोगमा आधुनिक कार्यालय तथा आवास भवन निर्माण गरी नियोगलाई हस्तान्तरण गर्ने सम्झौताअनुसार निर्माण भइरहेको जानकारी दिइयो । 

यस निर्माणकार्यको शिलान्यास सभामुख कृष्णबहादुर महाराले २०७५ भदौ २४ मा गर्नुभएको हो । नयाँ भवन २०७६ भदौमा सम्पन्न हुने अनुमान गरिएको छ । निर्माण अवधिका लागि नियोगको अस्थायी कार्यालय र कर्मचारीको आवास भवन २०७५ भदौ ४ देखि बेइजिङ वेस्ट रोडस्थित तिब्बत होटल परिसरमा सारिएको छ । 

हालको निमाणकार्य ३९४९ वर्गमिटर क्षेत्रमा भइरहेको छ । यसमा कार्यालय भवन, भिसाहल, आवासीय भवन, ग्यारेज, वाटर पम्पहाउस परेका छन् । यस निर्माणमा दुई करोड ४१ लाख आरएमबी (चिनियाँ मुद्रा) खर्च हुने अनुमान गरिएको छ । यसैगरी मन्त्री ज्ञवाली हाल महावाणिज्य दूतावास अवस्थित बेइजिङ वेस्ट रोडस्थित तिब्बत होटल परिसरमा जानु भई त्यहाँको पनि निरीक्षण गर्नुभयो । उहाँलाई महावाणिज्यदूत कार्कीले तिब्बत स्वायत्त क्षेत्रको भौगोलिक र पर्यटकीय अवस्थाका साथै नेपाली महावाणिज्य दूतावासको परिचय तथा त्यसले गर्ने प्रमुख कार्यका बारेमा जानकारी दिनुभएको थियो । 


संसारको छानो मानिने तिब्बतको राजधानी ल्हासा समुद्र सतहबाट तीन हजार ६५० मिटर उचाइमा रहेको छ । तिब्बतको क्षेत्रफल १२ लाख २० हजार वर्गकिलोमिटर रहेको छ । तिब्बतको कूल जनसङ्ख्या ३३ लाख रहेको छ र ल्हासाको जनसङ्ख्या छ लाख रहेको छ । यहाँको आम्दानीको मुख्य स्रोत पर्यटन हो । 

ल्हासास्थित नेपाली महावाणिज्य दूतावास नेपालको सबैभन्दा पुरानो नियोगमध्ये एक हो । सन् १६८० मा ल्हासमा नेपालिज न्यु रेसिडेन्सी स्थापना भएको थियो । सन् १८५६ मा यस कार्यालको नाम वकिल कार्यालय भएको र नेपाल–चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएपछि यसको नाम महावाणिज्यदूतावास भएको महावाणिज्यदूत कार्कीले जानकारी दिनुभयो ।

हाल यस नियोगमा तीन निजामती तथा छ स्थानीय कर्मचारीसहित नौ कर्मचारी रहेका छन् । यस नियोगले नेपाल भ्रमण गर्न चाहने चिनियाँ र अन्य मुलुकका नागरिकलाई भिसा प्रदान गरिरहेको छ र सन् २०१८ मा १३ हजार ५२२ पर्यटकलाई भिसा दिएको बताइएको छ । नियोगले नेपालबाट वैदेशिक रोजगारीमा आउने श्रमिका लागि पनि नेपालको वैदेशिक रोजगार विभागलाई श्रम स्वीकृतिका लागि सिफारिस गरिदिने गरेको छ । तिब्बतमा करीब १५० व्यक्ति वैदेशिक रोजगारीमा आएका छन् । उनीहरु होटल, रेस्टुराँ, सैलुन तथा ब्युटीपार्लर तथा गहना पसलमा काम गर्छन् । यस्तै व्यापार तथा व्यवसायमा लाग्नेको नेपालीको सङ्ख्या ५० रहेको छ । 

केरुङमा अस्थायी पास लिएर काम गर्ने रसुवा जिल्लाका नेपालीको सङ्ख्या एक हजार रहेको र ताक्लाकोट बजारमा करीब ५०० नेपाली अस्थायी पास लिएर काम गरिरहेको बताइएको छ । 

चीनको तिब्बत सरकारले सामग्री सहयोग कार्यक्रमअन्तर्गत उत्तरी सीमाका १५ जिल्लालाई प्रत्येक वर्ष एक करोड चिनियाँ युआन बराबरको खाद्यान्न, निर्माण उपकरणलगायतका सामग्री प्रदान गर्ने र नियोगले उक्त कार्यको समन्वय गरिरहेको बताइएको छ । 

तिब्बतमा आफ्नो नागरिकता नभएका र आमाबाबुमध्ये कुनै एक नेपाली भएका व्यक्तिलाई खचरा भन्ने गरिएको र त्यस्तो व्यक्तिको सङ्ख्या ५० रहेको जानकारी दिइयो । ल्हासा र वरपरि करीब १६० नेपाली बसोबास गर्ने र सिगात्से र त्यसका वरपर बस्ने नेपालीको सङ्ख्या १०० रहेको उक्त अवसरमा जानकारी दिइयो । 

चीन सरकारले हालैका वर्षमा तिब्बतमा परम्परागतरूपमा बसोबास गर्ने १५० नेपालीलाई स्थायी बसोबासको अनुमति दिएको छ । त्यसो त ल्हासाको कारागारमा १५ नेपाली रहेको र १४ हिरासतमा रहेको पनि महावाणिज्यदूत कार्कीले जानकारी दिनुभयो । 

निरीक्षणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथ ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची र सञ्चारकर्मी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा