२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुख्यमन्त्री शाहीले भनेः ६ महिनाभित्रै ‘कर्णाली विकास’को गुरुयोजना बनाउँछौं

२०७६, २० बैशाख शुक्रबार १३:५६

वैशाख २०, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णाली विकासका लागि गुरुयोजना तयार पार्ने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा उनले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पहिलो वर्ष तयारीमै व्यतित भयो । हामीले प्रशासनिक संरचना तयार गर्यौं । समग्र विकासलाई अघि बढाउन जनशक्ति आवश्यक हुन्छ । त्यसतर्फ ध्यान दिँदै हामीले कम जनशक्तिमा बढी काम लिने नीति अख्तियार गरेका छौं ।’

उनले आफूहरू योग्य कर्मचारी नियुक्तिको तयारीमा जुटेको पनि बताए । उनले भने, ‘जनशक्ति कम भर्ना गर्ने उद्देश्यले हामीले योग्य कर्मचारी नियुक्ति गर्नुपर्छ भनेका छौं ।’ पहिलो वर्ष कानुनहरू निर्माण गर्नुपर्ने भएकाले उक्त काम पनि सम्पन्न गरिसकेको उनले स्पष्ट पारे । बजेट कार्यान्वयनको सवालमा भने आफूहरूले लक्ष्य नभेटेको शाहीको भनाइ छ । समग्र कर्णालीको विकास गर्ने गरी आफूहरूले गुरुयोजना बनाएको उनको भनाइ थियो ।

बजेट कार्यान्वयनमा भने आफूहरूले चुनौती भोग्नुपरेको उनले बताए । ‘९ अर्बको विकास बजेट थियो,’ उनले भने, ‘हामीले प्रदेशवासीको मागका आधारमा योजना बनायौं । बजेट कार्यान्वयन गर्दै जाँदा कतिपय योजना फिजिबल नै भएनन् । कतिपय डुप्लिकेसनको मारमा परे ।’

त्यस्तै शाहीले संघीयता कार्यान्वयनको सवालमा पनि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नभएको जिकिर गरे । उनले भने, ‘तीन सरकारबीच जसरी तालमेल तथा सहकार्य हुनुपथ्र्यो, त्यो हुन नसकेकै हो । यो लुकाएर लुक्ने कुरा होइन । हामीले भर्खरै काठमाडौंमा सम्पन्न परिषद बैठकमा सुझाएका छौं । संघले जसरी समन्वय गर्नुपथ्र्यो ।’ उनले मानव विकास सूचकांकलाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट तय गर्न सरकारसँग माग गरेका छन् ।


मुख्यमन्त्री शाहीले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थमन्त्री निर्माण हुनेगरी पिछडिएका क्षेत्रको उत्थानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउने विश्वास व्यक्त गरे । सबै प्रदेशको सन्तुलित विकास नै संघीय सरकारको मुख्य लक्ष्य हुनु पर्ने भन्दै उनले खाना र लुगाकोसमेत समस्यामा रहेको कर्णाली प्रदेशलाई आवश्यक बजेटको व्यवस्था गर्न संघीय सरकारलाई आग्रह गरे ।  कर्णाली प्रदेशले त्यहाँको स्रोत र साधनको उचित व्यवस्थापन हुने गरी बजेट विनियोजन गर्न संघीय सरकारलाई दवाव दिँदै आएको छ । मुख्यमन्त्री शाहीले कर्णालीको स्रोत परिचालनमा प्रदेश सरकार केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा