६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजारः चार अर्बको कारोवार

२१ बैशाख २०७६, शनिबार १२:३५

बैशाख २१, काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०।१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा खरीद बिक्री भए ।

अघिल्लो साता लगातार उकालो लागेको बजार यस साता भने ओरालो लाग्यो । छोटो समयमा नाफा कमाउने होडका कारण बजार तरल बन्न पुगेको जानकारहरुले टिप्पणी गरेका छन् । विशेषगरी बैंक, बीमा तथा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा भने तीव्र उतारचढाव साताभर नै देखिएको छ ।

साताको पहिलो दिन वैशाख १५ गते आइतबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भयो । कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुग्यो । उक्त दिन प्रतिशतका आधारमा बजार १.७३ प्रतिशतले वृद्धि भयो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुग्यो । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार भने बजार थामियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा झ¥यो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ विन्दुमा सीमित भयो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सो दिन अर्बमाथि नै रह्यो । कूल १७४ कम्पनीका ३० लाख १६ हजार ४८० कित्ता शेयर रु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन मङ्गलबार बजार ओरालो लागेर एक हजार २०० को विन्दुमा भ¥यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ११.७० विन्दुले घटेर एक हजार २९८.६० विन्दुमा आइपुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ विन्दुले घटेर २७९.१० मा पुग्यो । कारोवार रकम पनि अघिल्ला दुई दिनको तुलनामा घट्यो । अर्बमाथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १७६ कम्पनीका २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए ।

बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । बिहीबार भने बजार ओरालो लाग्नेक्रम जारी रह्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार २९४.३९ विन्दुमा ओर्लियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ विन्दुले घटेर २७७.८२ विन्दुमा सीमित भयो । सो दिन कूल १७० कम्पनीका १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए ।

यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयरसमेत सूचीकृत भए त्यसमा समिट लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता शेयर लाभांश, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका १२ लाख ५७ हजार ७७७ कित्ता शेयर लाभांश, तिनाउ विकास बैंकका ६ लाख आठ हजार ३२१ कित्ता शेयर लाभांश र पाँचथर पावर कम्पनीका ९६ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भए ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या