२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजारः चार अर्बको कारोवार

२०७६, २१ बैशाख शनिबार १२:३५

बैशाख २१, काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०।१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा खरीद बिक्री भए ।

अघिल्लो साता लगातार उकालो लागेको बजार यस साता भने ओरालो लाग्यो । छोटो समयमा नाफा कमाउने होडका कारण बजार तरल बन्न पुगेको जानकारहरुले टिप्पणी गरेका छन् । विशेषगरी बैंक, बीमा तथा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा भने तीव्र उतारचढाव साताभर नै देखिएको छ ।

साताको पहिलो दिन वैशाख १५ गते आइतबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भयो । कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुग्यो । उक्त दिन प्रतिशतका आधारमा बजार १.७३ प्रतिशतले वृद्धि भयो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुग्यो । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार भने बजार थामियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा झ¥यो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ विन्दुमा सीमित भयो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सो दिन अर्बमाथि नै रह्यो । कूल १७४ कम्पनीका ३० लाख १६ हजार ४८० कित्ता शेयर रु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन मङ्गलबार बजार ओरालो लागेर एक हजार २०० को विन्दुमा भ¥यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ११.७० विन्दुले घटेर एक हजार २९८.६० विन्दुमा आइपुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ विन्दुले घटेर २७९.१० मा पुग्यो । कारोवार रकम पनि अघिल्ला दुई दिनको तुलनामा घट्यो । अर्बमाथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १७६ कम्पनीका २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए ।

बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । बिहीबार भने बजार ओरालो लाग्नेक्रम जारी रह्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार २९४.३९ विन्दुमा ओर्लियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ विन्दुले घटेर २७७.८२ विन्दुमा सीमित भयो । सो दिन कूल १७० कम्पनीका १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए ।

यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयरसमेत सूचीकृत भए त्यसमा समिट लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता शेयर लाभांश, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका १२ लाख ५७ हजार ७७७ कित्ता शेयर लाभांश, तिनाउ विकास बैंकका ६ लाख आठ हजार ३२१ कित्ता शेयर लाभांश र पाँचथर पावर कम्पनीका ९६ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भए ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो