६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबी बैंकले विदेशबाट फर्केका युवाका लागि १० लाख कर्जा प्रवाह गर्ने

२४ बैशाख २०७६, मंगलवार १५:१५

बैशाख २४, काठमाडौं । एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने भएको छ । 

वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी उद्यम सञ्चालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको हो ।

मंगलबार काठमाण्डौमा बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीमा गएका दक्ष युवाहरुलाई स्वदेशमै उद्योग सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

विदेशमा विभिन्न दुःखकष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी गरिएको एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए । बैंकले तत्कालका लागि परियोजना धितोमा १ अरवसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ । 

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुले सिकेको सीपको आधारमा उद्योगमा लगानी गर्न सो कर्जा प्रवाह हुनेछ ।

समझदारी अनुसार ती युवाहरुलाई राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माईग्रेन्ट नेपालले उद्यम संचालनका लागि आवश्यक तालिम पनि दिनेछ । स्वदेशमै रोजगारीको अवसर सृजना गरी युवाहरुलाई उत्पादनको काममा जोड्न सो कर्जा प्रवाह कार्यक्रम संचालन गर्ने समझदारी गरिएको पनि एनएमबी बैंकका अध्यक्ष गोल्यानले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या