२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५ महिनादेखि ऋणमा स्वास्थ्य मन्त्रालय, अस्पतालले पाएन उपचार खर्च

२०७६, २९ बैशाख आईतवार ११:१५

वैशाख २९, काठमाडौं । सरकारले ५ महिनादेखि क्यान्सर रोगीहरुको उपचार गरे वापत अस्पतालहरुलाई दिनुपर्ने रकम तिर्न नसकेको पाइएको छ । विरामीको उपचार भने नरोकिएको मन्त्रालयको दाबी छ ।

सरकारले क्यान्सर रोगीहरुलाई एक लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउँदै आएको छ । विरामीहरुले उपचार गर्दा लागेको रकममध्ये एक लाख मन्त्रालयले सम्बन्धित अस्पताललाई उपलब्ध गराउँछ ।

तर, ५ महिनादेखि बजेट अभावमा अस्पतालहरुले यो रकम पाएका छैनन् ।

चालु आर्थिक वर्षमा यो शीर्षकमा मन्त्रालयले अहिले १ अर्ब १० करोड बजेट पाएको थियो । त्यसमध्ये अघिल्लो आर्थिक वर्षको बाँकी ४५ करोड रुपैयाँ थियो । त्यो तिरेर बाँकी भएको ६५ करोडले कातित्कसम्म विरामीको उपचार गरेका अस्पतालहरुलाई भुक्तानी गरिएको छ ।

त्यसपछि भने रकम अभाव भयो । ‘अर्थ मन्त्रालयलाई ३/४ पटक आग्रह गर्‍यौं तर, बजेट आएन’ मन्त्रालयको नर्सिङ तथा सामाजिक ‘बजेट अभावमा अस्पताललाई रकम दिन सकिएको छैन ''सुरक्षा महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुईले भनिन्,।

मन्त्रालयले रकम भुत्तानी नगरे पनि अस्पतालले उपचार भने रोकेको छैन ।

उनका अनुसार आगामी बजेटका लागि यो शीर्षकमा १ अर्बको सिलिङ प्राप्त भएको छ । जबकी चालु आर्थिक वर्षमा विरामीको उपचार गरे वापत अस्पतालहरुलाई तिर्नुपर्ने रकम भने १ अर्ब ५० करोड रुपैयाँ पुगिसक्यो । महाशाखा प्रमुख रोशनी यसलाई ऋण भन्न रुचाउँछिन् । उनले भनिन्, ‘क्यान्सरका विरामीहरुको संख्या बढ्दोछ । त्यसअनुसार हामीलाई आगामी आर्थिक वर्षका लागि ३ अर्ब बजेट चाहिन्छ । गत वर्ष झण्डै २४ हजार थियो भने यो आर्थिक वर्षमा फागुनसम्म यो संख्या ३५ हजार ६ सय १५ हजार पुगिसकेको छ ।

तर, गत आर्थिक वर्षभन्दा १० करोड रुपैयाँ घटाएर १ अर्बको मात्र सिलिङ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन