२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टोखामा पाँचसय घर पुनःनिर्माण

२०७६, ३१ बैशाख मंगलवार ०७:०७

बैशाख ३१, काठमाडौं | ऐतिहासिक र धार्मिक महत्वको स्थान टोखा नगरपालिकामा भूकम्पपछि ५०० घर पुनःनिर्माण गरिएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएका एक हजार ७४५ घरमध्ये ५०० घरमात्र पुनःनिर्माण भएको हो । 

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले भूकम्पले क्षति पुर्याएका एक हजार ७४५ घरमध्ये एक हजार ६२४ घर पुनःनिर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेकामा एक हजार ५८६ घरले पहिलो किस्ता, ६७० घरले दोस्रो किस्ता र ५०० घरले घर पुनःनिर्माण गरेर अन्तिम किस्तासमेत लिइसकेका छन्् । 

नगरपालिकाले प्रतिघर पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको छ । गोङ्गबुदेखि नुवाकोटसम्म फैलिएको उक्त नगरपालिकामा विसं २०६८ को तथ्याङ्कअनुसार २५ हजार ५६१ घरधुरीमा ९९ हजार ३२ सङ्ख्या थियो । झोर महाँकालको बौडेश्वर महादेव, चण्डेश्वरी, सपनतीर्थ, टोखा सरस्वती, इन्द्रेणी, भूतखेल चौर, वसुन्धरादेवी, मनोहरतीर्थ, बीचविनायकलगायत ऐतिहासिक तथा धार्मिकस्थल टोखामा छन् । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको बताउनुभयो । “घरको क्षतिको आधारमा वडाबाट आएको सिफारिसका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । भूकम्पले क्षति पुर्याएका ऐतिहासिक तथा धार्मिक संरचना भने पुरातत्व विभागको सहकार्यमा पुनःनिर्माण प्राधिकरण र नगरपालिकाले पुनःनिर्माण गर्न लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी