६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

३१ बैशाख २०७६, मंगलवार १०:२९

बैशाख ३१, काठमाडौं | शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङमा पुगेको छ । स्टकका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह ०.१७ बिन्दुले घटेको छ । बैंकिङ १४.१४, होटल १७.५७, विकास बैंक ११.६०, जलविद्युत् २.५९, वित्त २.६९, निर्जीवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, लघुवित्त ९.५०, जीवन बीमा ४३.०८ र सामुहिक कोष ०.०९ बिन्दुले बढेको छ ।

 स्टकका अनुसार नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१३ का दरले रु १० करोड ७९ लाख ८५ हजार ६४४, शिवम् सिमेन्ट प्रतिकित्ता रु ५४६ का दरले रु आठ करोड ४१ लाख ३६ हजार ७००, कृषि विकास बैंकको प्रतिकित्ता रु ४१६ का दरले रु सात करोड ८६ लाख ९८ हजार ६०६, एनसिसी बैंकको रु पाँच करोड ५२ लाख २५ हजार ५५६, प्राइम बैंकको रु चार करोड ८२ लाख १८ हजार २७४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु तीन करोड १६ लाख ११ हजार ९१० मा कारोवार भई शीर्ष स्थानमा रहे । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनीले १० प्रतिशतले कमाएका छन्  । 

यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले ९.९९, शिवम् सिमेन्ट ९.८६, भार्गव विकास बैंक ८.१५, कृषि विकास बैंक ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.१४, ओरियन्टल होटल ६.४२ र युनाइटेड मोदी हाइड्रोपार कम्पनीका शेयरधनीले ६.०३ प्रतिशतले कमाए । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५५, जोशी हाइड्रोपावर कम्पनी ५, सपोर्ट माइक्रोफाइनान्स ३.७१, ग्लोबल आइएमई समुन्नत स्किम ३.७० तथा समुन्न्त माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ३.६५ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या