२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

२०७६, ३१ बैशाख मंगलवार १०:२९

बैशाख ३१, काठमाडौं | शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङमा पुगेको छ । स्टकका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह ०.१७ बिन्दुले घटेको छ । बैंकिङ १४.१४, होटल १७.५७, विकास बैंक ११.६०, जलविद्युत् २.५९, वित्त २.६९, निर्जीवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, लघुवित्त ९.५०, जीवन बीमा ४३.०८ र सामुहिक कोष ०.०९ बिन्दुले बढेको छ ।

 स्टकका अनुसार नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१३ का दरले रु १० करोड ७९ लाख ८५ हजार ६४४, शिवम् सिमेन्ट प्रतिकित्ता रु ५४६ का दरले रु आठ करोड ४१ लाख ३६ हजार ७००, कृषि विकास बैंकको प्रतिकित्ता रु ४१६ का दरले रु सात करोड ८६ लाख ९८ हजार ६०६, एनसिसी बैंकको रु पाँच करोड ५२ लाख २५ हजार ५५६, प्राइम बैंकको रु चार करोड ८२ लाख १८ हजार २७४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु तीन करोड १६ लाख ११ हजार ९१० मा कारोवार भई शीर्ष स्थानमा रहे । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनीले १० प्रतिशतले कमाएका छन्  । 

यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले ९.९९, शिवम् सिमेन्ट ९.८६, भार्गव विकास बैंक ८.१५, कृषि विकास बैंक ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.१४, ओरियन्टल होटल ६.४२ र युनाइटेड मोदी हाइड्रोपार कम्पनीका शेयरधनीले ६.०३ प्रतिशतले कमाए । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५५, जोशी हाइड्रोपावर कम्पनी ५, सपोर्ट माइक्रोफाइनान्स ३.७१, ग्लोबल आइएमई समुन्नत स्किम ३.७० तथा समुन्न्त माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ३.६५ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन