२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्रीले भने ‘बीमा कम्पनीको संख्यामा होइन, गुणस्तरमा ध्यान दिनुपर्यो’

२०७६, १ जेष्ठ बुधबार १६:२०

जेठ १, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई संख्यात्मक भन्दा गुणात्मक रुपमा अगाडी बढ्न सुझाव दिएका छन् । बीमा समितिको ५१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले विमा कम्पनीलाई मर्जरमा गएर काम गर्न सुझाब दिएका हुन् ।


‘संख्यामा होइन, गुणस्तरमा ध्यान दिनुपर्यो, संख्या धेरै हुँदा केही पनि हुँदैन भन्ने बैंकिङ क्षेत्रबाट देखियो,’अर्थमन्त्री खतिवडाले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएर सुदृढ र सबल भएका छन्, बीमामा पनि संख्या बढी भयो । मर्जरमा गएर सुदृढ र सबल बन्नु आवश्यक छ ।’

बैंक र बीमा कम्पनीले प्याकेजिङ गरेको भन्दै खतिवडाले त्यसो नगर्न कडा चेतावनी दिएका छन्  । ‘बैंक र बीमा कम्पनीले प्याकेजिङ बढी गरे अर्थमन्त्री खतिवडाले भने "हाम्रो आँखा चारैतिर घुमेका छन्, आगामी दिनमा प्याकेजिङ गर्ने काम बन्द गर्नू  ।"

अरुको सुरक्षा गर्दा आफू कति सुरक्षित छु भनेर हेर्नुपर्छ उनले भने "बीमा कम्पनीको प्रणालीगत र संस्थागत जोखिम न्यूनिकरणमा बीमा समितिले ध्यान दिनुपर्छ ।" बीमा क्षेत्रमा बचत बढेकोमा खुसि व्यक्त गर्दै खतिवडाले बचत भएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित