२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी आर्थिक वर्षमा हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिने

२०७६, १५ जेष्ठ बुधबार १६:३१

जेठ १५, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमीकोटलाई सडक सञ्जालले जोड्ने भएको छ । निर्माणाधीन हुम्ला सिमीकोट सदरमुकाम सडकलाई पूरा गरी ७७ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

कर्णालीका सबै जिल्लामा सडक सञ्जाल पुर्याउने लक्ष्य राखेको सरकारले पछिल्ला दिनमा निर्माण भएका सडकको स्तरोन्नति गर्ने कामलाई समेत विशेष प्राथमकितामा राखेको छ । हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण कार्य अगाडि बढाउने लक्ष्य राखेको सरकारले भौगोलिक आबद्धता कायम गर्न, कृषि तथा उद्योग व्यवसायको विकास गर्न, जनजीवन सहज गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी सडक क्षेत्रलाई महत्व दिइएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा विकासको पूर्वाधारका रुपमा सडक यातायात सञ्जाललाई  विस्तारलाई महत्व दिनुभएको छ । 

चीन र भारतसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकासका लागि आबद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण गरिने विषयलाई बजेटले उच्च प्राथमिकतामा राखेको छ ।

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको सुरक्षित गतियुक्त सडकका रुपमा विस्तार गर्ने विषयलाई बजेटले सम्बोधन गरेको छ । आगामी वर्ष बुटवल–नारायणगढ खण्ड र कमला कञ्चनपुर खण्डको निर्माणलाई तीव्र पार्ने तथा बाँकी खण्डको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गर्दै पूर्व, मध्य र पश्चिमतर्फबाट निर्माण कार्य शुरु गरिने भएको छ । त्यसका  लागि रु १९ अर्ब १८ करोड बराबरको बजेट व्यवस्था गरिएको छ । 

पुष्पलाल लोकमार्ग प्राथमिकतामा

मध्य नेपालको एक करोड बढी नागरिकलाई प्रत्यक्ष लाभ प्रदान गर्ने गरी शुरु भएको निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गलाई कालोपत्र गरी सहज बनाउने लक्ष्य राखिएको छ । कूल ४३५ किमी सडक कालोपत्र गर्न रु १२ अर्ब २० करोड र तराईका जिल्ला जोड्ने हुलाकी राजमार्गको ३५० किमी कालोपत्र गर्न रु १३ अर्ब ६३ करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।

उत्तर र दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो रसुवागढी–गल्छी–ठोरी मार्ग निर्माण गर्ने सो सडकको बेत्रावती स्याफ्रुबेंसी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने, मेची करिडोर, कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको निर्माणलाई अगाडि बढाउन रु पाँच अर्ब छ करोड विनियोजन गरिएको छ ।

यसैगरी गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ सडकलाई दुई लेनमा स्तरोन्नति गर्न र मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको कालोपत्र गर्न रु एक अर्ब ५८ करोड, बिपी राजमार्गको सुधार तथा विस्तारका लागि रु ९६ करोड, काठमाडौँ चक्रपथ सडक विस्तार कार्य सम्पन्न गर्न रु एक अर्ब ८१ करोड विनियोजन गरिएको छ । यसैगरी आगामी वर्ष निर्माण पूरा हुने कान्तिपथका लागि रु ६१ करोड विनियोजन भएको छ । 

नागढुङ्गा नौबिसे सडकखण्डको सुरुङसहित सडक निर्माणका लागि रु छ अर्ब २७ करोड विनियोजन गरेको सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सि, टोखा–छहरे– गुर्जेभञ्ज्याङ, खुर्कोट–चियाबारी, विपिनगर–खुटिया–दीपायल खण्ड, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर–उत्तरी सीमा सडकमा सुरुङमार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य राखेको छ । भौतिक पूर्वाधार विकासलाई प्राथमकिता दिएको सरकारले सडक, रेल तथा जल यातायातका लागि रु एक खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी