२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी आर्थिक वर्षमा हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिने

१५ जेष्ठ २०७६, बुधबार १६:३१

जेठ १५, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमीकोटलाई सडक सञ्जालले जोड्ने भएको छ । निर्माणाधीन हुम्ला सिमीकोट सदरमुकाम सडकलाई पूरा गरी ७७ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

कर्णालीका सबै जिल्लामा सडक सञ्जाल पुर्याउने लक्ष्य राखेको सरकारले पछिल्ला दिनमा निर्माण भएका सडकको स्तरोन्नति गर्ने कामलाई समेत विशेष प्राथमकितामा राखेको छ । हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण कार्य अगाडि बढाउने लक्ष्य राखेको सरकारले भौगोलिक आबद्धता कायम गर्न, कृषि तथा उद्योग व्यवसायको विकास गर्न, जनजीवन सहज गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी सडक क्षेत्रलाई महत्व दिइएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा विकासको पूर्वाधारका रुपमा सडक यातायात सञ्जाललाई  विस्तारलाई महत्व दिनुभएको छ । 

चीन र भारतसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकासका लागि आबद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण गरिने विषयलाई बजेटले उच्च प्राथमिकतामा राखेको छ ।

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको सुरक्षित गतियुक्त सडकका रुपमा विस्तार गर्ने विषयलाई बजेटले सम्बोधन गरेको छ । आगामी वर्ष बुटवल–नारायणगढ खण्ड र कमला कञ्चनपुर खण्डको निर्माणलाई तीव्र पार्ने तथा बाँकी खण्डको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गर्दै पूर्व, मध्य र पश्चिमतर्फबाट निर्माण कार्य शुरु गरिने भएको छ । त्यसका  लागि रु १९ अर्ब १८ करोड बराबरको बजेट व्यवस्था गरिएको छ । 

पुष्पलाल लोकमार्ग प्राथमिकतामा

मध्य नेपालको एक करोड बढी नागरिकलाई प्रत्यक्ष लाभ प्रदान गर्ने गरी शुरु भएको निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गलाई कालोपत्र गरी सहज बनाउने लक्ष्य राखिएको छ । कूल ४३५ किमी सडक कालोपत्र गर्न रु १२ अर्ब २० करोड र तराईका जिल्ला जोड्ने हुलाकी राजमार्गको ३५० किमी कालोपत्र गर्न रु १३ अर्ब ६३ करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।

उत्तर र दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो रसुवागढी–गल्छी–ठोरी मार्ग निर्माण गर्ने सो सडकको बेत्रावती स्याफ्रुबेंसी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने, मेची करिडोर, कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको निर्माणलाई अगाडि बढाउन रु पाँच अर्ब छ करोड विनियोजन गरिएको छ ।

यसैगरी गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ सडकलाई दुई लेनमा स्तरोन्नति गर्न र मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको कालोपत्र गर्न रु एक अर्ब ५८ करोड, बिपी राजमार्गको सुधार तथा विस्तारका लागि रु ९६ करोड, काठमाडौँ चक्रपथ सडक विस्तार कार्य सम्पन्न गर्न रु एक अर्ब ८१ करोड विनियोजन गरिएको छ । यसैगरी आगामी वर्ष निर्माण पूरा हुने कान्तिपथका लागि रु ६१ करोड विनियोजन भएको छ । 

नागढुङ्गा नौबिसे सडकखण्डको सुरुङसहित सडक निर्माणका लागि रु छ अर्ब २७ करोड विनियोजन गरेको सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सि, टोखा–छहरे– गुर्जेभञ्ज्याङ, खुर्कोट–चियाबारी, विपिनगर–खुटिया–दीपायल खण्ड, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर–उत्तरी सीमा सडकमा सुरुङमार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य राखेको छ । भौतिक पूर्वाधार विकासलाई प्राथमकिता दिएको सरकारले सडक, रेल तथा जल यातायातका लागि रु एक खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य