२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेन्डर हाल्न गएका ठेकदार कुटिए

२०७६, १६ जेष्ठ बिहीबार ११:२४

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा टेण्टर हाल्न गएका ठेकदार कुटिएका छन् । बुधबार तल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर हाल्न गएका ठेकदारहरु कुटिएका हुन् ।

गाउँपालिकाले तल्कोटको पनाल्तदेखि स्याडासम्म सडक निर्माण, दातोला मेल्बीसौना सिचाई कूलो र हिमालय माबि भवन निर्माण झण्डै करोड४५ लाखको बोलपत्र आह्वान गरिएको थियो ।     

गाउँपालिकाले विभिन्न ३ वटा आयोजना निर्माणका लागि टेन्डर आह्वान गरेको थियो,  ठेकदार देवराज जोशीले भने स्थानिय ठेकदारहरुले टेन्डर कब्जा गर्ने उद्येश्यले केटाहरु परिचालन गरी अन्य टेन्डर हाल्न गएका ठेकदारलाई कुटपिट गरियो । टेन्डर खसाल्न गएका ठेकदार आफु लगायत गणेश रोकाया, राजन धमेना, भरत रोकाया, बबी खड्का र शेरबहादुर खड्का, लगायत ६ जना निर्माण व्यबसायी घाइते उनको भनाइ छ ।


निर्माण व्यवसायी संघ बझाङले पनि ठेक्कापट्टामा स्थानिय ठेकदारहरुलाई नै निर्माण का लागि प्राथमिकता दिने सहमती गरेको छ । टेन्डर मिलोमतो गरेबाफत टेन्डर पाउने ठेकदारले निर्माण व्यवसायी संघलाई ८ देखि १० प्रतिशतका दरले रकम दिनुपर्ने अवस्था छ । निर्माण व्यवसायी संघले यो रकम टेन्डर किनेका अन्य ठेकदारहरुलाई बितरण गर्ने गरेको छ ।

जिल्लाको तल्कोट गाउँपालिकामा स्थानिय ठेकदारहरुले निर्माण व्यवसायी संघलाई ठेक्का मिलेवाफतको रकम नदिँदा अन्य ठेकदारहरुले पनि टेन्डर खसाल्न खोज्दा झडप भएको ठेकदार चक्र बोहराको भनाइ छ । 

यसरी टेन्डर हाल्न गएका ठेकदार कुटिएपछि निर्माण व्यवसायी संघ बझाङले कुटपिटमा संलग्न माथी कडा कारबार्हिको माग गर्दै गाउँपालिकाले पनि यो प्रक्रिया रद्घ गरी फेरी नयाँ प्रक्रियाबाट टेन्डर आह्वान गर्नुपर्ने माग राखेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी