६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेन्डर हाल्न गएका ठेकदार कुटिए

१६ जेष्ठ २०७६, बिहीबार ११:२४

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा टेण्टर हाल्न गएका ठेकदार कुटिएका छन् । बुधबार तल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर हाल्न गएका ठेकदारहरु कुटिएका हुन् ।

गाउँपालिकाले तल्कोटको पनाल्तदेखि स्याडासम्म सडक निर्माण, दातोला मेल्बीसौना सिचाई कूलो र हिमालय माबि भवन निर्माण झण्डै करोड४५ लाखको बोलपत्र आह्वान गरिएको थियो ।     

गाउँपालिकाले विभिन्न ३ वटा आयोजना निर्माणका लागि टेन्डर आह्वान गरेको थियो,  ठेकदार देवराज जोशीले भने स्थानिय ठेकदारहरुले टेन्डर कब्जा गर्ने उद्येश्यले केटाहरु परिचालन गरी अन्य टेन्डर हाल्न गएका ठेकदारलाई कुटपिट गरियो । टेन्डर खसाल्न गएका ठेकदार आफु लगायत गणेश रोकाया, राजन धमेना, भरत रोकाया, बबी खड्का र शेरबहादुर खड्का, लगायत ६ जना निर्माण व्यबसायी घाइते उनको भनाइ छ ।


निर्माण व्यवसायी संघ बझाङले पनि ठेक्कापट्टामा स्थानिय ठेकदारहरुलाई नै निर्माण का लागि प्राथमिकता दिने सहमती गरेको छ । टेन्डर मिलोमतो गरेबाफत टेन्डर पाउने ठेकदारले निर्माण व्यवसायी संघलाई ८ देखि १० प्रतिशतका दरले रकम दिनुपर्ने अवस्था छ । निर्माण व्यवसायी संघले यो रकम टेन्डर किनेका अन्य ठेकदारहरुलाई बितरण गर्ने गरेको छ ।

जिल्लाको तल्कोट गाउँपालिकामा स्थानिय ठेकदारहरुले निर्माण व्यवसायी संघलाई ठेक्का मिलेवाफतको रकम नदिँदा अन्य ठेकदारहरुले पनि टेन्डर खसाल्न खोज्दा झडप भएको ठेकदार चक्र बोहराको भनाइ छ । 

यसरी टेन्डर हाल्न गएका ठेकदार कुटिएपछि निर्माण व्यवसायी संघ बझाङले कुटपिटमा संलग्न माथी कडा कारबार्हिको माग गर्दै गाउँपालिकाले पनि यो प्रक्रिया रद्घ गरी फेरी नयाँ प्रक्रियाबाट टेन्डर आह्वान गर्नुपर्ने माग राखेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या