६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटपछी के-के सामान महंगीदैछन् ? सामान किनेर बिल नलिनेलाई पनि जरीवाना गरिदै

१६ जेष्ठ २०७६, बिहीबार १३:४८

जेठ १६, काठमाडौं । बुधबार सार्वजनिक भएको आर्थिक वर्ष ०७६/७७ को बजेटसँगै देशको आर्थिक सवालमा धेरै प्रश्नहरु उठेका छन् । यसपटकको बजेटले सडक सुधार शुल्क, भन्सार, कृषि सुधार शुल्क, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आयकर कर लगायतका शीर्षकमा सामान्य हेरफेर गरेको छ । आगामी आर्थिक बर्षदेखि भ्याटको दायरा समेत बढ्ने भएको छ । 

बजेटमा पपुलिष्ट केहि बिषय समेटेको र मुख्यत: बृद्धभत्ता तथा सरकारी कर्मचारीलाई तलब बढाइएको कारण त्यसलाई थेग्नेगरि पहिले बिभिन्न सामान खरिदमा भ्याट नलाग्ने अवस्थामा अब भने लाग्ने भएको छ । इन्धनको भाउ १ रुपयाँले बढ्ने भएको छ । मदिरा तथा चुरोट, अन्य सूर्तिजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्कको दर पनि बढेको छ । बजेटको प्रभावले कुखुराको मासुमा लाग्ने भन्सार १० प्रतिशत मात्र रहेकोमा बढाएर ३० प्रतिशत पुर्याईएको छ । 

त्यस्तै दूध र दुग्धजन्य उत्पादन, चिनी, चकलेट र बिस्कुट पनि बजेटको प्रभावले महंगीने निश्चित छ । जसको आयातमा लाग्दै आएको भन्सार तथा अन्त शुल्क बढाइएको छ । अन्तःशुल्क बढेपछि अब यी वस्तुहरु स्वत: महंगिने भएको छ । त्यस्तै जस्तापाता आयातमा लाग्ने भन्सार थप ५ प्रतिशतले बढाइएको छ । पहिले यसमा १५ प्रतिशत रहेको थियो । त्यस्तै मोबाइल फोनको अन्तशुल्क ५ प्रतिशतबाट घटाएर साढे दुई प्रतिशतमा झारिएको छ ।

सरकारले आगामी आर्थिक बर्षदेखि ४ लाखसम्मको आयमा कर नलगाउने भएको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्मको कर नलाग्ने सीमा थियो । त्यस्तै दम्पत्ति तर्फको कर नलाग्ने आयको सीमा ४ लाख रुपैयाँबाट ४ लाख ५० हजार पुगेको छ । 

त्यस्तै सरकारले विदेशबाट दूधजन्य पदार्थ, अन्डा, मह, कोदो फापर, जुनेलो, चामल, कनिका, मैदा, आँटा तथा पिठो, जडीबुटी, उखु र वनस्पतिजन्य उत्पादन आयात गर्दा भन्सार बिन्दुमै २ दशमलव ५ प्रतिशत अग्रिम कर तिर्नुपर्ने हुन्छ । अग्रीम करसँगै यी वस्तुको मूल्य पनि बढ्न सक्ने देखिएको छ । 

त्यस्तै सरकारले बजेटमा प्रस्तुत भए अनुसार अब वस्तु तथा सेवा बेच्दा बिल नदिए १० हजार जरिवाना लगाइनेछ भने बिल नलिनेलाई १ हजार जरिवाना तिराइने छ । त्यस्तै वस्तु वा सेवा नबेची बिल जारी गरेको पाईएमा ६ महिना कैद सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या