७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल स्टक एक्सचेन्जद्वारा पत्रकारहरुलाई पुँजी बजारसम्बन्धी प्रशिक्षण

३१ जेष्ठ २०७६, शुक्रबार १७:०३

जेठ ३१, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आर्थिक पत्रकारहरुका लागि पुँजी बजारसम्बन्धी प्रशिक्षण दिएको छ । आर्थिक पत्रकार संघ (नाफिज) को समन्वयमा पुँजी बजारका क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुका लागि नेप्सेले शुक्रबार एक दिने प्रशिक्षण दिएको हो । 


उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज र यसको कारोबार प्रणाली, पुँजीबजारका विषयमा समाचार लेख्दा ध्यान दिनुपर्ने कुरालाई प्रष्ट पारिएको थियो । प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार माध्यमका ४० जनाभन्दा बढी आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो  ।  

उक्त प्रशिक्षण कार्यक्रममा नेप्सेका वरिष्ठ आईटी अधिकृत प्रभाकर घिमिरेले 'Overview of fully Automated online Trading System of Nepal', कायम मुकायम सहायक प्रबन्धक मुराहरी पराजुलीले 'शेयर बजार र सूचना सम्प्रेषण' विषयमा  र कायममुकायम प्रबन्धक निरञ्जन फुयाँलले प्रशिक्षण दिएका थिए । 


प्रशिक्षण कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालको पुँजीबजारको विकास हुँदै गएको भन्दै हाल शेयर कारोबार गर्नका लागि कोहि पनि वन्चित हुनु नपर्ने बताए । नेप्सेले लगानीकर्तालाई दिएको तालिम भन्दा पत्रकारहरुलाई तालिम दिंदा त्यसले समाजमा प्रभाव धेरै पारेको भन्दै आगामी वर्षबाट मिडिया प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनले बताए  । सहि सूचना सम्प्रेषण दिन सकेमा सञ्चार माध्यमहरुको पनि विश्वशनीयता बढ्ने भएकोले सहि र तथ्यपरक सूचना उपलब्ध गराउनको लागि पत्रकारहरुलाई आग्रह गरे ।


पुँजीबजारको थप विकासका लागि नेप्सेले प्रयास जारि राखेको छ साउदले भने 'मार्जिक कारोबार प्रणाली लागू गर्न अन्तिम चरणमा पुगेका छौं, साथै आगामी आर्थिक वर्षभित्र फाइनान्सियल डेरिभेटिम मार्केट ल्याउन नेप्सेले पहल गर्नेछ ।'

नाफिजका अध्यक्ष सिताराम भट्टराईले पत्रकारहरुको क्षमता बढाउनकै लागि नेप्सेसंग सहकार्य गरि कार्यक्रम गरिएको बताए । उनले भने 'पत्रकारले समय मै सहि सूचना दिनुपर्ने हुन्छ, यसका लागि पत्रकारले मागेका आवश्यक जानकारी नेप्सेबाट सहझ ढंगले पाउन सकियोस ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी