२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट, कुन प्रदेशलाई कति ?

२०७६, १ असार आईतवार ११:२५

असार १, काठमाडौँ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट गरेको छ | स्थानीय ,प्रदेश र संघीयगरी  तीनवटै तहका सरकारले पाउने बजेट छुट्याएको छ |  जसमा प्रदेश र स्थानीय तहले २ अर्ब २८ करोड रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

नेपालमा ६ प्रकारका प्राकृतिक स्रोतबाट राज्यले रोयल्टी प्राप्त गर्छ । आगामी आर्थिक वर्ष २०७६/७७ मा सबै प्रकारका प्राकृतिक स्रोतबाट रु. ४ अर्ब ५६ करोड रोयल्टी संकलन हुने आकलन  गरिएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्राकृतिक स्रोतबाट उठेको रोयल्टीको ५० प्रतिशत हिस्सा संघमा रहन्छ। बाँकी ५० प्रतिशत २५/२५ प्रतिशत गरि स्थानीय र प्रदेश सरकारमा बाँटफाँट हुने व्यवस्था  छ ।

यस अनुसार आयोगले रकमनै बाडफाड गरी अर्थ मन्त्रालयमा पठाएको छ | प्राकृतिक श्रोत बाट प्रदेशले १ अर्ब १४ करोड २ लाख र स्थानीय तहले १ अर्ब १४ करोड २३ लाख पाउनेछन् |

प्राकृतिक स्रोतमा आधारित आयोजनाबाट अतिप्रभावित, प्रभावित, कम प्रभावित, प्राकृतिक स्रोतको अवस्थितिजस्ता बिषयलाई आधार बनाएर उक्त रोयल्टी फरक-फरक तरिकाले बितरण गरिने आयोगले जानकारी दिएको छ । पर्वतारोहण, खानी तथा खनिज, जलविद्युत, राष्ट्रिय वन र संरक्षित वन गरी ५ प्रकारका प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीलाई बाँडफाँट गरिएको हो ।  पहिलोपटकआयोगले प्राकृतिक स्रोत बाँडफाँटको आधार तयार पारी कार्यान्वयनमा ल्याउन लागेको हो ।

प्रदेश नं १,

१ नम्बर प्रदेशमा पर्वतारोहणको सबै भन्दा धरै रोयल्टी दिएको छ | जसमा १३ करोड ९४ लाख रुपैया रहेको छ | खानी- खानिजमा  ६९ लाख १४ हजार | जलविद्युतमा १ करोड ६५ लाख ,राष्ट्रिय वनमा ३ करोड ८८ लाख र संरक्षित वनमा ४ करोड ५३ लाख गरि कुल २४ करोड ७० लाख रुपैया १ नम्बर प्रदेश लाई दिएको छ |

प्रदेश नं २,

प्रदेश नम्बर २ मा भने पर्वतारोहण,खानी- खानिज र  जलविद्युतमा  रोयल्टी दिएको छैन | राष्ट्रिय वनमा ३५ लाख ६३ हजार र संरक्षित वनमा ७४ लाख ५५ हजार रुपैया गरि कुल १ करोड १० लाख रोयल्टी दिएकों छ | यस प्रदेशमा सबैभन्दा बढी संरक्षित वनमा रोयल्टी दिइएको छ |

प्रदेश नं ३,

३ नम्बर प्रदेशमा सबैभन्दा बढी  जलविद्युतमा  रोयल्टी दिएको छ जसमा २७ करोड ४३ लाख ,त्यस्तै  संरक्षित वनमा ५ करोड ६१ लाख , खानी- खानिजमा ३ करोड ६७ लाख, पर्वतारोहणमा १ करोड ५७ लाख र राष्ट्रिय वनमा ९० लाख ३९ हजार गरि कुल ३९ करोड २० लाख रोयल्टी दिएको छ |

गण्डकी प्रदेश,

यस प्रदेशमा सबैभन्दा बढी राष्ट्रिय वनमा २ करोड ६७ लाख रुपैया  रोयल्टी दिएको छ | संरक्षित वनमा २ करोड ४३ लाख ,पर्वतारोहणमा १ करोड १८ लाख, खानी- खानिजमा ४ लाख २० हजा र जलविद्युतमा  र ९१ हजार ५ सय ५६ रुपैया गरि कुल ६ करोड ३५ लाख रोयल्टी दिएको छ |

प्रदेश नं ५,

सबैभन्दा बढी जलविद्युतमा १८ करोड ३१ लाख त्यसपछि  खानी- खानिजमा ५ करोड ९४ लाख, राष्ट्रिय वनमा १ करोड ८९ लाख, संरक्षित वनमा १ करोड ५२ लाख र पर्वतारोहणमा ३७ हजार ८ सय ४८ गरि कुल २७ करोड ६७ लाख रुपैया रोयल्टी दिएको छ |

कर्णाली प्रदेश,

सबैभन्दा बढी जलविद्युतमा ६ करोड २८ लाख २९ हजार ,संरक्षित वनमा १ करोड ७६ लाख, राष्ट्रिय वनमा ८६ लाख ३४ हजार ,खानी- खानिजमा १५ हजार ३ सय ७३ र पर्वतारोहणमा  १० लाख २२ हजार गरि कुल ९ करोड १ लाख ५४ हजार रोयल्टी दिएको छ |

सुदुरपश्चिम प्रदेश,

सबैभन्दा बढी राष्ट्रिय वनमा  ५ करोड ३७ लाख, राष्ट्रिय वनमा ४४ लाख ८ हजार, जलविद्युतमा १२ लाख २९ हजार, पर्वतारोहणमा १ लाख ५९ हजार, र खानी- खानिजमा १ लाख २७ हजाररुपैया गरि कुल ५ करोड ९६ लाख रोयल्टी दिएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी