९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साझाका थप २० बस असार १६ गतेदेखि संचालनमा आउने, रुट कुन-कुन ?

८ असार २०७६, आईतवार १३:२८

असार ८, काठमाडौँ | साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । 

यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार यी बसका मार्ग अनुमति (रुट परमिट) लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । यी बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने गरेर अनुमति पाएको उहाँले बताउनुभयो । 

नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्को मार्ग तय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “साझा यातायातले स्थानीय तहसँग समन्वय गरेर बढी आवश्यक ठाउँमा बस थप गरेको हो ।”


विसं २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः शुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार वटा उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ । 

केही महीनापहिले कार्डमार्फत भाडा तिर्ने प्रविधि (इटिकेटिङ) शुरु गरेको साझाले तीन तहका सरकारसँगको सहकार्यमा विद्युतीय बस सञ्चालनको योजना बनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै