७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकले मौद्रिक नीति बनाउदै

९ असार २०७६, सोमबार ०९:२२

असार ९, काठमाडौँ | देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने बताएका छन् । मुद्रास्फीति घटाउने तथा आर्थिक वृद्धि दर बढाउनेमा केन्द्रित रहेर दीर्घकालीन सोचका साथ केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको उनले बताए । 

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देशको अर्थतन्त्रलाई उकास्ने, बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या हुन नदिने, वित्तीय सुशासन कायम गर्ने दीर्घकालीन दृष्टिकोणका साथ मौद्रिक नीति बनाइँदै आएको बताउनुभयो । 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर ‘आइबिएन न्यूज मिडिया एण्ड रिसर्च’नामको संस्थाले आज ललितपुरमा आयोजना गरेको छलफलमा उहाँले जनताको निक्षेपको पूर्ण सुरक्षा गर्दै उत्पादनशील क्षेत्रमा त्यसको सदुपयोग गर्ने विषयलाई बढावा दिनु मौद्रिक नीतिको मूल लक्ष्य र उद्देश्य हुने बताउनुभयो । 

नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जाको ब्याज घटाउन आफूहरू लागिपरेको तथा कृषि र जलविद्युत् क्षेत्रमा केन्द्रीय बैंकको निर्देशनबमोजिम लगानी गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष एवं आइबिएन न्यूज मिडिया एण्ड रिसर्चका प्रबन्ध निर्देशक हृदयराज गौतमले लगानीयोग्य रकमको अभावमा व्यवसाय विस्तारमा समस्या भएको उद्यमी–व्यवसायीका गुनासालाई केन्द्रीय बैंकले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी